सार्क भिसा प्रभावकारी बनाइने

असार ३१, २०७४- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकभित्र साझा भिसालाई प्रोत्साहन गर्न संयन्त्र अघि बढाउने सहमति सदस्य मुलुकहरूबीच भएको छ । 

श्रीलंकाको कोलम्बोमा शुक्रबार सम्पन्न आठौं सार्क गृहमन्त्रीस्तरीय बैठकले त्यस्तो सहमति गरेको हो । बैठकमा भाग लिएर फर्केका गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, ‘यस क्षेत्रका नागरिकले सार्क मुलुकमा आवागमन गर्दा भिसा प्रक्रियालाई सरलीकरण गर्ने निर्णय भएको छ ।’ मन्त्री शर्माले सार्क भिसा एक्जिम्सन स्टिकर स्किमको दायरा बढाएर यसलाई थप सहजीकरण गर्दै कार्यान्वयनमा ल्याउने तयारी रहेको बताए । सार्क भिसा अवधारणा युरोपियन युनियनभन्दा पहिल्यै आए पनि सीमित कोटामा बाहेक प्रयोगमा ल्याइएको छैन । सार्कलाई युरोपेली युनियनको मोडलमा अघि बढाइने भन्दै त्यहीअनुरूपको प्रतिबद्धता आएको हो ।


 

 

Published:15 July 2017/Kantipur

NEWS SEARCH