s

स्वदेशमा प्रवासी कामदारको न्यायमा पहुँच : नेपाल

Author(s): सारा पाओलेट्टी, एलेनोर टेलर–निकल्सन, बन्दिता सिजापती, बस्सिना फार्बेनब्लम

Year of Publication: 2014

Publication Type: रिपोर्ट

Published by: Open Society Foundations
 
मध्यपूर्वमा कम पारिश्रमिक पाउने नेपाली प्रवासी कामदारले भोगेका दुःखका बारेमा धेरै चर्चा परिचर्चा हुने गरेको छ । त्यहाँ कामदारले असाध्यै धेरै दुःख भोग्नुपर्छ तर उनीहरुले न्याय पाउँदैनन् । प्रवासी कामदारको दुःख स्वदेशमै शुरु हुन्छ र स्वदेशमै टुंगिन्छ । प्रवासी कामदारले काम गर्न विदेश जाने क्रममा नेपालमै एजेन्ट, कामदार पठाउने संस्था र अन्यबाट दुव्र्यवहार, ठगी बेहोर्नुपर्छ जसले गर्दा विदेशमा उनीहरु शोषणको बढी जोखिममा पर्छन् ।
 
स्वदेशमा प्रवासी कामदारको न्यायमा पहुँच : नेपाल मा वैदेशिक रोजगार सम्बन्धी नेपाली संयन्त्रका बारेमा गरिएको पहिलो बृहत् विश्लेषण हो, जुन संयन्त्रका माध्यमले नेपाली कामदारले कामका लागि विदेश जाने क्रममा र मध्यपूर्वमा काम गर्दा भोगेका अन्याय र समस्याको उपचार खोज्न सक्छन् । यस अनुसन्धानले के पत्ता लगाएको छ भने कामदारलाई सुरक्षा गर्नका लागि प्रयास भएका भए पनि निजी कम्पनी र एजेन्टलाई उनीहरुका काम प्रति जवाफदेही बनाउन सकिएको छैन र धेरै प्रवासी कामदारले आफूले भोगेका अन्याय र समस्याको उपचारका लागि नेपाल र विदेशमा न्याय सम्म पहुँच पाएका छैनन् । यस अनुसन्धानले के पाएको छ भने केही अपवादलाई छाडेर वैदेशिक रोजगार र कामदार विदेश पठाउने कामलाई नियमन गर्ने नेपाली कानून कडा छ तर यसको कार्यान्वयन कमजोर छ ।
 
यो अवस्था सुधार्नका लागि स्वदेशमा प्रवासी कामदारको न्यायमा पहुँच : नेपाल मा कामदारले आफ्ना अधिकार उल्लंघन हुँदा क्षतिपूर्ति र न्याय पाउन सकून् भनेर स्थापित भएका सबै संयन्त्रको सञ्चालन, पहुँच र प्रभावकारितामा सुधार ल्याउन र कामदार विदेश पठाउने कामको नियमनलाई प्रभावकारी बनाउनका लागि चाल्नुपर्ने कदमको पहिचान गरिएको छ । यस प्रतिवेदनमा सरकार र अन्य सरोकारवालाका लागि कामको सिफारिश विस्तारमा गरिएको छ, जसलाई अल्पकाल र मध्यमकालमा लागू गर्न सकिन्छ । यसमा कामदारलाई स्पष्ट रुपले परिभाषित र लागू गर्न सकिने अधिकारवालाका रुपमा व्यवहार गर्ने अधिकारमुखी अवधारणामा जोड दिइएको छ ।
 
स्वदेशमा प्रवासी कामदारको न्यायमा पहुँच : नेपाल कामदार पठाउने एशिया र विश्वकै अरु देशका लागि पनि सान्दर्भिक हुनेछ जसले आफूले सामना गरिरहेका चुनौती सँग जुध्नका लागि एक अर्काका प्रयासबाट सिक्न सक्ने धेरै कुरा छन् । यसले नेपालको प्रवासी कामदार सम्बन्धी न्यायिक संयन्त्रलाई बुझ्न, उपयोग गर्न र जाँच गर्न नेपाली नागरिक समाजलाई मार्गदर्शन पनि प्रदान गरेको छ ।

 

Download PDF

Back to list

;