s

कार्यक्रम देशपरदेशको ५५१औँ अंक

आजको देश परदेश कार्यक्रम मलेसिया रोजगारीसँगै वैदेशिक रोजगारीको पछिल्लो अवस्थाको विषयमा केन्द्रित छ । मलेसियामा नेपालीहरुको रोजगारी, सुरक्षा, समस्या र चुनौतीबारे मलेसियाका लागि नेपाली राजदूत डिल्लिराज पौडेलसँग गरिएको कुराकानी कार्यक्रममा सुन्न सक्नुहुन्छ । यस्तै मलेसियासँगै रोजगारीका लागि नेपालीहरुको प्रमुख श्रम गन्तव्यहरु कुन कुन हुन् ? कस्ता देशमा रोजगारीका लागि जानु हुँदैन ? सरकारले प्रतिबन्ध लगाएको देशमा जाँदा आइपर्ने समस्या र चुनौतीबारे वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कृष्णप्रसाद भूसालको भनाई पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । र, पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु बढ्नुको कारणबारे सोसल साइन्स बहाका सहायक निर्देशक तथा अनुसन्धानकर्ता डा. जीवन बानियाको बिचार पनि कार्यक्रममा समावेश छ । साथमा हप्ताभरिका रोजगार गतिविधि त छँदैछन् ।

Published on: 17 January 2023 | Ujyaalo Online

Link

Back to list

;