s

पहुँचवालाको मात्र उद्दार गरिएको खुलासा

गोपाल संग्रौला

कोभिड–१९ को प्रभाव बढेसँगै गन्तव्य देशमा कम्पनीहरू बन्द भएर लाखौ नेपाली श्रमिकहरूले रोजगारी मात्र गुमाएनन पारिश्रमिक नपाउदा खाना समेत नपाएको पाईएको छ ।

खाडी र मलेसियाका अधिकांश रोजगारदाताले कोरोना सङ्कटलाई कारण देखाउँदै श्रमिकहरूलाई पूर्व जानकारी बिना नै रोजगारीबाट निष्कासन गरेका पाईएको हो । यती मात्र होईन रोजगारी गुमाएका आधा नेपाली श्रमिकको बारेमा नेपाल सरकार अहिले पनि बेखबर रहेको देखिएको छ । राष्ट्रिय मानब अधिकार आयोगले बिहिबार सार्वजानि गरेको अध्ययन प्रतिवेदनमा विदेशमा रहेका नेपाली अवस्थाबारे सरकार पुर्ण रुपामा बेखर बनेको उल्लेख छ । पहुँच भएका नेपाली स्वदेश फर्किएको तर पहुच र फिर्ता टिकट तथा पैसा नहुने ४ महिनादेखी विदेशमा नै अलपत्र रहेको उल्लेख छ । अध्ययन टोलीका एक सदस्य अर्थात श्रम आप्रवासन विज्ञ डा. जीवन बानियाँले विदेशमा कार्यरत नेपालीले पारिश्रमिक तथा अन्य सुविधा विहिन अवस्थामा कमजोर स्वास्थ्य सुरक्षा सहित बाचिरहेका बताए ।

कोरोना संक्रमण फैलिएको ४ महिना वितिसक्दा समेत विदेशमा रहेका कति नेपालीमा संक्रमण भए भन्ने तथ्यांक सरकारसँग छैन । विदेशमा अलपत्र परेका एक नेपालीले रोजगारदाताले काम हुन्छ भनेर राखेको तर समय बित्तै जादा तलब र खाना नदिएको बताए । “दुईमहिना बितेपछि हामीलाई पत्तै नदिई करार टर्मिनेट गरियो, टर्मिनेटमा पर्नेमा हामी १६९ जना नेपाली छौँ ।” उनले अध्ययनमा भनेका छन, “म आएको भर्खर तीन महिना भएको थियो । रेस्टुरेन्टको काम हो, टिप्स पनि हुन्छ, ओभरटाइम पनि हुन्छ भनेर डेढ लाख तिरेर आएका हौ ।” उनीहरुले विदेश जादा लागेका पैसा मात्रै क्षतिपूर्ति पाए पनि हुने बताएका छन ।

हालसम्म विदेशमा कति नेपालीको रोजगारी गुमेको छ भन्ने यकिन आँकडा उपलब्ध नभए पनि वैदेशिक रोजगार बोर्डको प्रारम्भिक अनुमान अनुसार जीसीसीआवद्ध राष्ट्र र मलेसियामा मात्रै २ लाख ८० हजारको हाराहारीमा नेपालीहरूले रोजगार गुमाउने जनाएको छ । यसैगरी नेपालका प्रमुख श्रम गन्तव्य, खासगरी खाडीका देशहरूमा कोभिड–१९ सङ्क्रमित र त्यसबाट ठुलो संख्यामा नेपालीहरूको मृत्यु भएको जनाईएको छ ।
विदेश कार्यरत नेपालीलाई कोरोना सङ्क्रमणबाट सुरक्षित रहने उपाय, सङ्क्रमण भएमा आवश्यक सेवा र सहायता बारेमा जानकारी दिने व्याक्ति समेत नरहेको अवस्था रहेको छ । कार्यस्थल तथा आवासीय क्याम्पहरू अत्यधिक भिडभाडयुक्त रहेको, पर्याप्त सरसफाइ नभए र कोरोना संक्रमितसँगै एउटै कोठामा बसिरहेको पाईएको छ ।

त्यस्तै कतिपय देशमा कोभिड–१९ सङ्क्रमितहरूले उचित स्वास्थ्य सेवा, कोरोना परीक्षण र उपचारबाट वञ्चित भएका छन् । कतिपय गन्तव्य देशमा यथार्थमा कति नेपालीहरू सङ्क्रमित भए र कतिको मृत्यु भयो भन्ने समेत नेपाल सरकारसँग आधिकारिक र अध्यावधिक विवरण नहुँदा नेपाली श्रमिकहरूको संरक्षणमा वेवास्ता र तिनका परिवारले आफन्तको स्वास्थ्य र जीवनको बारेमा जानकारी नपाएको उल्लेख छ ।

कतिपय रोजगारदाताले श्रमिकहरूलाई पारिश्रमिक नदिने वा दिइएमा पनि पूरै नदिने गरिएको पाइएको छ भने ठुलो सङ्ख्याका श्रमिकहरूलाई खाना र आवास भत्ता समेत पनि भुक्तानी दिइएको छैन । यसरी रोजगारी र आम्दानी गुमाउनुपर्दा खाना, आवास औषधोपचारजस्ता अत्यावश्यक खर्च धान्न उनीहरूलाई कठिन भएको छ । खासगरी करार अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका, रोजगारीबाट निष्कासन गरिएका, पारिश्रमिक तथा भत्ता नपाएका र अनभिलेखवद्ध श्रमिकहरूले आफूसँग भएको रकम सकिएपश्चात् त्यस्तो समस्या भएको पाइयो ।

Published on: 14 August 2020 | Karobardaily

Link

Back to list

;