s

वैदेशिक रोजगारमा ज्यान गुमाएका यादवको परिवारलाई आर्थिक सहयोग

सुरेन्द्रकुमार कामती 

वैदेशिक रोजगारमा ज्यान गुमाएका सिराहा नगरपालिका– १५ बुधौराका एक परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

उक्त परिवारलाई वैदेशिक रोजगारमै कार्यरत रहेका सिराहा र धनुषाका युवाले आर्थिक सहयोग गरेका हुन् ।

उनीहरूले वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत ४० वर्षीय मुनेश्वर यादवको गत वैशाखमा मृत्यु भएको थियो । मृतक परिवारलाई ३१ हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरेको हो ।

२७ महिने इनरजित, ५ वर्षीया राघनी, ७ वर्षीय ललित र १३ वर्षिया रिंकु गरी चार सन्तानको पालनपोषणको जिम्मेवारी उठाउँदै आएकी मृतक यादवका श्रीमती दुखनी देवीलाई उक्त रकम प्रदान गरिएको हो ।

कतारमा कार्यरत यादवले आत्महत्या गरेका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकोले विदेशमा कार्यरत युवाहरूसँग सहयोग जुटाएर पठाएको साउदीमा कार्यरत सिराहा नगरपालिका– १५ बुधौराकै रवीन्द्रकुमार यादवले नयाँ पत्रिकालाई बताए ।

Published on: 27 October 2020 | Nayapatrika

Link

Back to list

;