s

विदेश जान र फर्कन फेरि समस्या

रुद्र खड्का

दोस्रो लहरको कोरोना महामारी नियन्त्रणको प्रयासस्वरूप सरकारले भारतका केहीबाहेक अन्य सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने र फर्कने रोकिएको छ। अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएपछि भिसा प्राप्त गरेका श्रमिक पनि रोजगारीका लागि विदेश जानबाट वञ्चित भएका भएका छन्। वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमलदेव मल्लका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा भिसा लिएर उडन ठिक्क परेका थुप्रै श्रमिक मारमा परेका छन्। 

‘केही दिनमै उडान सुचारु भए त भिसा लिएकाहरू उड्न पाउलान् नत्र धेरैलाई समस्या हुन्छ,’ उनले भने, ‘यतिखेर खाडी मुलुक भन्दा भारतबाट हुने उडान रोक्न जरूरी थियो।’ रोजगारीका लागि विदेश जानेले भिसा लिएको बढीमा तीन महिनाभित्र उडिसक्नु पर्ने नियम छ। भिसा लिएकाहरू उड्न पाएनन् भने एकातिर श्रमिकको लगानी गुम्छ भने अर्कोतर्फ म्यानपावरले मागपत्र ल्याउँदा खर्च गरेको रकम पनि खेर जान्छ। 

साउदी अरेबयिास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर जीवन राई अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा घर फर्कन खोज्ने श्रमिकलाई समस्या हुने बताउँछन्। ‘करिब तीन लाख नेपाली रहेको मुलुक (साउदी अरेबिया) बाट दैनिक कैयौं विदामा जाने र कैयौंको करार अवधि सकिने गर्छ,’ उनले भने, ‘त्यस्तै कतिपयलाई विभिन्न कारणले घर जानै पर्ने हुन्छ। यस्तो बाध्यतामा रहेका सबैलाई अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्या पर्छ।’ 

महामारीका कारण रोजगारी गुमाएकाहरू समयमै घर फर्कन नपाउँदा झनै विचल्ली हुने दूतावासका कर्मचारीहरू बताउँछन्। पहिलो लहरको कोरोना महामारीपछि मलेसियालगायत कैंयन गन्तव्य मुलुकले नेपालबाट कामदार नबोलाएको बेला साउदीले भने नेपाली श्रमिक बोलाउन थालेको थियो। जसले गर्दा अन्य गन्तव्य मुलुकको तुलनामा साउदीमा नेपाली जाने क्रम बढेको थियो। 

व्यवसायीले बन्द रहेका गन्तव्य मुलुकको तुलनामा साउदीबाट कामदारको माग ल्याउन जोड गरेका थिए। साउदीबाट अत्यधिक कामदारको माग आएपछि त्यहाँस्थित नेपाली राजदूतावासले तीन महिनामा करिब १५ हजार मागपत्रलाई प्रमाणीकरण गरेको थियो। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरे पनि वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन भने बन्द गरेको छैन। वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलाई अनलाइन गरेको जनाएको छ। पहिलो लहरको कोरोना फैलँदा करिब ६ महिना श्रम स्वीकृति दिन बन्द गरिएको थियो। 

पहिलो लहरको कोरोना महामारीपछि पहिलेकै अवस्थामा पुग्न नपाउँदै पुनः समस्या आएपछि वैदेशिक रोजगारी नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्। श्रम स्वीकृति दिन बन्द नगरिएका कारण व्यवसायीहरू यसपटक वैदेशिक रोजगारी लामो समयसम्म बन्द हुँदैन कि भन्ने अपेक्षामा भने छन्। 

स्वदेशमा रोजगारीका अवसर नहुँदा केही वर्षदेखि युवायुवती रोजगारीका लगि विदेश जाने क्रम बढेको छ। पहिलो चरणको कोराना महामारी सुरु हुनुअघिसम्म दैनिक औसत एक हजार पाँच सय युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गर्थे। महामारीपछि केही समय ठप्प रहेको वैदेशिक रोजगारी पुनः बढ्न थालेको बेला अन्तर्राष्ट्रिय उडान बन्द भएको हो। 

दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्नुअघि दैनिक सरदर चार–पाँच सय युवायुवती वैदेशिक रोजगारीमा जान थालेका थिए। त्यस्तै दैनिक करिब एक हजार पाँच सय भन्दा बढी विदेशबाट फर्कने गर्थे। असोजयता विदेशबाट साढे चार लाख भन्दा बढी घर फर्किएका छन्। विभिन्न गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावासमा कार्यरत कर्मचारीहरूका अनुसार यतिखेर गन्तव्य मुलुकमा भन्दा कोरोनाको समस्या नेपालमा बढी छ। 

महामारीका कारण रोजगारी गुमाएकाहरू समयमै घर फर्कन नपाउँदा झनै विचल्ली हुने दूतावासका कर्मचारीहरू बताउँछन्। पहिलो लहरको कोरोना महामारीपछि मलेसियालगायत कैंयन गन्तव्य मुलुकले नेपालबाट कामदार नबोलाएको बेला साउदीले भने नेपाली श्रमिक बोलाउन थालेको थियो। जसले गर्दा अन्य गन्तव्य मुलुकको तुलनामा साउदीमा नेपाली जाने क्रम बढेको थियो। 

व्यवसायीले बन्द रहेका गन्तव्य मुलुकको तुलनामा साउदीबाट कामदारको माग ल्याउन जोड गरेका थिए। साउदीबाट अत्यधिक कामदारको माग आएपछि त्यहाँस्थित नेपाली राजदूतावासले तीन महिनामा करिब १५ हजार मागपत्रलाई प्रमाणीकरण गरेको थियो। 

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरे पनि वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन भने बन्द गरेको छैन। वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिलाई अनलाइन गरेको जनाएको छ। पहिलो लहरको कोरोना फैलँदा करिब ६ महिना श्रम स्वीकृति दिन बन्द गरिएको थियो। 

पहिलो लहरको कोरोना महामारीपछि पहिलेकै अवस्थामा पुग्न नपाउँदै पुनः समस्या आएपछि वैदेशिक रोजगारी नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्। श्रम स्वीकृति दिन बन्द नगरिएका कारण व्यवसायीहरू यसपटक वैदेशिक रोजगारी लामो समयसम्म बन्द हुँदैन कि भन्ने अपेक्षामा भने छन्। 

स्वदेशमा रोजगारीका अवसर नहुँदा केही वर्षदेखि युवायुवती रोजगारीका लगि विदेश जाने क्रम बढेको छ। पहिलो चरणको कोराना महामारी सुरु हुनुअघिसम्म दैनिक औसत एक हजार पाँच सय युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गर्थे। महामारीपछि केही समय ठप्प रहेको वैदेशिक रोजगारी पुनः बढ्न थालेको बेला अन्तर्राष्ट्रिय उडान बन्द भएको हो। 

दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्नुअघि दैनिक सरदर चार–पाँच सय युवायुवती वैदेशिक रोजगारीमा जान थालेका थिए। त्यस्तै दैनिक करिब एक हजार पाँच सय भन्दा बढी विदेशबाट फर्कने गर्थे। असोजयता विदेशबाट साढे चार लाख भन्दा बढी घर फर्किएका छन्। विभिन्न गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावासमा कार्यरत कर्मचारीहरूका अनुसार यतिखेर गन्तव्य मुलुकमा भन्दा कोरोनाको समस्या नेपालमा बढी छ।

त्यसैले महामारी नियन्त्रणमा आएपछि एकैचोटी ठूलो संख्याका नेपाली घर फर्कन सक्ने सम्भावना बढी छ। विज्ञहरूले कोरोनाका कारण वैदेशिक रोजगारीबाट ठूलो संख्याका युवायुवती फर्कन सक्ने भएकाले पुनर्एकीकरणका योजना बनाउन आवश्यक रहेको सुझव दिँदै आएका छन्। 

ठूलो संख्याका युवायुवती घर फर्के भने रेमिटेन्समा गिरावट आउने अनुमान गरिएको छ। यता गत वर्षदेखि वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आए पति रेमिटेन्समा भने गिरावट आइसकेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा आठ खर्ब ७९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा आर्थिक वर्ष २०७६/७७ मा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। 

त्यस्तै चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ६ खर्ब ४२ अर्ब १४ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ। जुन गत वर्षको तुलामा ८.६ प्रतिशतले बढी हो। वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि नभए पनि रेमिटेन्स नघट्नुमा कोरोना महामारीपछि हुन्डी कारोबार रोकिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएका विदेश गएका करिब ५० लाखमध्ये यतिखेर वैदेशिक रोजगारीमा २५–३० लाख रहेको अनुमान छ।

Published on: 7 May 2021 | Nagarik

Link

Back to list

;