s

विदेशमा समस्या परेका नेपाली पहिलो चरणमा २५ हजारलाई ल्याइने

टपेन्द्र कार्की 

सरकारले विदेशमा समस्या परेका २५ हजार नेपालीलाईपहिलो चरणमास्वदेश ल्याउने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका राजदूतसँग समन्वय गर्नेछ।

कोभिड–१९संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो।उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गर्दै त्यससम्बन्धी कार्यविधिसमेत पास गरेको छ।

पहिलो चरणमा स्वदेश फर्काइएका २५ हजार नागरिकको व्यवस्थापनबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार जुन देशमा बढी समस्यामा रहेका नेपालीछन्, ती देशका नेपाली राजदूतावाससँग समन्वय गरिनेछ रउनीहरूलाई नेपालमा ल्याएर क्वारेन्टिनमा राखिनेछ। ‘उनीहरूलाई ल्याउनुअघि जहाँबाट आउने हो त्यही नै स्वास्थ्य परीक्षण गरिनेछ, नेपाल आएपछि पनि फेरि स्वास्थ्य परीक्षण हुनेछ रक्वारेन्टिनको प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूलाईआ–आफ्नो घरमा पठाइनेछ,’ मन्त्री ज्ञवालीले भने। अर्को सातासम्म विवरण संकलन गरेर उनीहरूलाई नेपाल ल्याउनपरराष्ट्र मन्त्रालयले तयारी गरिसकेको उनले बताए।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले दिएको जानकारीअनुसार आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न आउनुपर्ने अवस्थामाआउन नपाएकालाई स्वदेश फर्काइनेछ।त्यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यदृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि स्वदेश फर्काइनेछ।

सरकारी सेवामा रही तालिम वा अध्ययनका लागि विदेशमा रहेका र स्वदेश फर्किननसकिरहेका नागरिकलाई पनि फिर्ता ल्याइनेछ। सचिव बिडारीका अनुसार सरकारले राजदूतावासमार्फत विवरण प्राप्त भएपछि नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट उनीहरूलाई नेपाल ल्याइनेछ। ‘परराष्ट्र मन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिनेछ,’ उनले भने, ‘पर्यटन मन्त्रालयले हवाई उडानको व्यवस्था गरेर उनीहरूलाई नेपाल ल्याएर क्वारेन्टिनमा राख्नेछ।’

उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गर्दै त्यससम्बन्धी कार्यविधिसमेत पास गरेको छ।

विदेशबाट नागरिकहरू नेपाल ल्याएपछि सम्बन्धित प्रदेशमा पठाउनसातवटै प्रदेशका लागि मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकिएको छ। ती मन्त्रीहरूले नै आफ्नो प्रदेशमा रहेका स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा बसिसकेकाहरूलाई घर पठाउने व्यवस्था गर्नेछन्।प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वाग्मती प्रदेशमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा उद्योगमन्त्री लेखराज भट्टफोकल पर्सन तोकिएकाछन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउने निर्णयबारेशुक्रबार नै समितिका संयोजक ईश्वर पोखरेललाईजानकारी गराएका थिए।

मन्त्रिपरिषद् बैठकले यसअघि नै भारतलगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय गरिसकेको थियो। स्वदेशबाट फर्किएका नागरिकलाई १४ दिनकाठमाडौंमै क्वारेन्टिनमा राखेर आ–आफ्नो जिल्ला पठाइनेछ। 

काठमाडौंमा क्वारेन्टिन प्रक्रिया पूरा गर्न होटलमाबस्न चाहनेले १४ दिन बस्नुपर्नेछ। कुन होटलमा बस्ने भन्ने उनीहरूले पहिल्यै बुक गर्नुपर्नेछ र होटल क्वारेन्टिनमा बस्दाकोखर्चस्वयंले बेहोर्नुपर्नेछ। होटल क्वारेन्टिनको व्यवस्थापन पर्यटन मन्त्रालयले गर्नेछ। कोरोनाका कारण रोजगारी गुमाएर खर्चविहीन भएकालाई भने सरकारले नै व्यवस्था गरिदिनेछ। पहिलो चरण पार भएपछि मात्रै सरकारले दोस्रो चरणको कार्यविधि बनाएर स्वदेश आउन चाहनेलाई ल्याउने भएको छ।

भारतबाट आउन २० नाका

विभिन्न कारणले भारत गएका नेपाली नागरिक स्वदेश फर्कनुपरे२० वटा नाका प्रयोग गर्न सरकारले आग्रह गरेको छ।लकडाउनका बेला भारतबाट स्थलमार्ग हुँदै लुकीछिपीनेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि उच्चस्तरीय समन्वय समितिको बैठकले २० नाकाबाट प्रवेश गर्न सकिने जनाएको हो।पशुपतिनगर, काँकडभिट्टा,रानी,कुनौली,ठाडी,माडर,भिट्टामोड, मंगलवा, गौर,वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाकाबाट नेपाल आउन सकिने प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले जानकारी दिए।

‘विदेशबाट फर्कनेलाई क्वारेन्टिनको व्यवस्था हुन्छ’

काठमाडौं, जेठ १६(नागरिक)–सहरी विकास मन्त्रालयले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापनको तयारी थालेको छ। श्रमका लागि खाडी मुलुकगएर फर्कनलागेकानागरिकको आर्थिक अवस्था र क्षमता वर्गीकरण गरी मन्त्रालयले क्वारेन्टिन व्यवस्थापन गर्न लागेको हो।

आवश्यक परे देशभरका होटल, रिसोर्ट तथा लजप्रयोग गर्न सक्ने सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताए। विपद्का बेला सबैलेसाथ र सहयोग गर्नुपर्ने धारणा उनले व्यक्त गरे। देशभरका होटलमा २० देखि ३० हजारकोठा रहेको र लज तथा रिसोर्टका कोठासमेत प्रयोग गर्न सकिने मन्त्री मानन्धरले बताए। उनलेविश्व स्वास्थ्य संगठनको मापदण्ड र संक्रमणको जोखिम कम गर्नपनि होटलहरूमा क्वारेन्टिन बनाउँदा उपयुक्त हुने तर्क गरे। 

मन्त्री मानन्धरलेदेशभरका क्वारेन्टिनको अनुगमन र सहजीकरणका लागि जिम्मेवारी पाएका थिए। उनले बिहीबार साँझ देशभरकाक्वारेन्टिनको अवस्था र आवश्यक कदमका लागि सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्माओलीलाई हस्तान्तरण गरेका थिए। उनले विदेशबाट आउनेहरूको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याउने तयारी भएकाले संक्रमणलगायतजोखिम नहुने स्पष्ट पारे।नेपाल आइसकेपछि कसैलाई कोरोना संक्रमण देखिए तत्काल आइसोलेसनको व्यवस्था गरिने उनको भनाइ छ।

छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका व्यवस्थापनमा संघीय सरकारको सहयोग अपरिहार्य रहेको, प्रारम्भिक स्वास्थ्य परीक्षण र पारवहनको जिम्मा प्रदेश सरकारले लिने र स्थानीय तहमा क्वारेन्टिन सञ्चालन खर्च स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले क्रमशः २५, २५, ५० प्रतिशतको अनुपातमा गर्नुपर्ने उल्लेख छ। क्वारेन्टिन स्थलमा आधारभूत आवश्यकताको व्यवस्थापन र मनोरञ्जनात्मक सामग्रीका अलावा इन्टरनेटको राम्रो पहुँचको व्यवस्था गर्नुपर्ने पनि उल्लेख छ।

Published on: 30 May 2020 | Nagarik

Link

Back to list

;