s

बिरामी भएर स्वदेश फर्कन नसकेकालाई एनआरएन मलेसियाले पठाउने

वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेर विरामी भइ अस्पतालको बेडमा छटपटाइ रहेका नेपालीहरुलाई एनआरएन मलेसियाले स्वदेश पठाउने भएको छ।

बिरामी भएर एनआरएनको शरणमा आइपुगेका नेपालीहरुलाई स्वदेश पठाउन आफूहरुले प्रक्रिया अघि बढाएको अध्यक्ष हरि भट्टराईले बताए।

एनआरएन मलेसियाको प्राथमिकतामा विरामी भएका, कामको शिलशिलामा अपाङ्गता भएका परेका छन । यसका साथै स्वदेश फर्कन एनआरएनमा पुगेका नेपालीहरुको श्रमिक कोषको रकमबाट पिसिआर र आरडिटी  टेष्ट पनि एनआरएनले गरिदिने  भट्टराईले बताए।

पछिल्लो समय मलेसियामा जहाजहरुले कामदार ल्याएको छैन ।

'टिकट महँगोमा किन्नेहरुलाई मात्र ल्याएको छ, बिचल्ली र थोरै रकम तिरेर स्वदेश फर्कन चाहनेहरु अहिले पनि मलेसियामा नै छन,' भट्टराईले भने ।

समयमा नै स्वदेश फर्कन नपाउँदा केही दिन अघि जोहरबारुमा विरामी भएका झापा हल्दिवारीका अशोक पौडेलको मृत्यु भएको छ। 'मलेसियाको बिभिन्न अस्पतालमा दर्जनौ बिमारीहरु छन उनिहरुको आवाज कस्ले सुन्ने,' भट्टराईले भने।

अध्यक्ष भट्टराईका अनुसार छिट्टै राजदुतावाससगँको सम्मन्वयमा बिरामी परि खर्च अभाव झेलिरहेका र विविध कारणले मृत्यु भएका नेपालीको शव पनि नेपाल ल्याउने तयारी भइरहेको छ।

Published on: 3 July 2020 | Setopati

Link

Back to list

;