s

गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ४० जनालाई कोरोना

अविनाश चौधरी

धनगढी, वैशाख ५ गते । कैलालीसँग जोडिएको अन्तर्राष्ट्रिय नाका गौरीफन्टा भएर आज भारतबाट फर्किएका ४० जना कामदारलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । आज भारतबाट फर्किएकामध्ये शङ्कास्पद् ३४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको नाकामा खट्नुभएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण पुष्टि हुनेमा ३६ पुरुष र चार जना महिला छन् । 

गौरीफन्टा नाका भएर आज भारतबाट ४७५ जना फर्किएको जनाइएको छ । शङ्कास्पद् व्यक्तिहरुको नाकामै परीक्षण गरिएको थियो ।

सो नाकामा एन्टिजेन विधिबाट परीक्षण गर्दा हालसम्म सङ्क्रमण पुष्टि भएको सङ्ख्या आठसय पुगेको छ । चैत ३ गतेदेखि गौरीफन्टा नाकामा एन्टिजेन विधिबाट परीक्षण सुरु गरिएको थियो ।

यसैबीच, कोरोनाको जोखिम उच्च रहेको कैलालीमा दश दिनसम्म विद्यालयमा पठपाठन बन्द गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सो कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जोखिम बढेकाले विद्यालयमा दश दिनसम्म पठनपाठन बन्द गराउनका लागि स्थानीय तहहरुलाई आग्रह गरिएको बताउनुभयो ।

Published on: 19 April 2021 | Gorkhapatra

Link

Back to list

;