s

लैङ्गिक हिंसा नियन्त्रण गर्न समन्वयकारी काम गर्न आग्रह

मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ। सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अवसरमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीद्वारा शनिबार आयोजित कार्यक्रममा मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सरकार तथा नागरिक समाजले समन्वयकारी काम गर्न आग्रह गरियो।

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले लैङ्गिक हिंसा अन्त्य गर्न कानून, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन्। आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं ५ मा २५८ मानव बेचबिखनसँग सम्बन्धित घटना नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयमा दर्ता भएका थिए।

कार्यक्रममा केन्द्रका अध्यक्ष प्रेमबहादुर विकले समाजमा आपराधिक क्रियाकलाप बढ्दै गएकाले यसको नियन्त्रणका लागि समुदायलाई सचेत बनाउन जरुरी रहेको बताए। केन्द्रका कार्यकारी निर्देशक गोपालबहादुर केसीले मानवअधिकार संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए।

Published on: 8 December 2019 | Nagarik

Link

Back to list

;