s

मलेसियाबाट एकै दिन १२ शव

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ नेपालीको शव आइतबार ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीका अनुसार ती शव नेपाल एयरलाइन्सको जहाजबाट ल्याइएको हो । 

मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो । त्यस्तै, भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव पनि ल्याइएको छ । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो गाउँका युवाको शव आएको थाहा पाएर विमानस्थल पुगेका थिए । डा. भट्टराईले वैदेशिक रोजगारीमा मलेसिया गएका १२ नेपाली युवाको शव एकै दिन आइपुगेको र आफन्तको भावविह्वल अवस्था देख्दा आँसु नथामिएको बताएका छन् । 

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा दैनिक दुई–तीन जनाको निधन हुने गरेको छ ।

Published on: 5 April 2021 | Annapurna Post

Link

Back to list

;