s

नवनियुक्त श्रममन्त्रीको प्रतिवद्धता : वैदेशिक रोजगारीलाई सहज बनाउँछु

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति हटाउन पहल गर्ने बताएका छन् ।

बिहीबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका यादवले वैदेशिक रोजगारीमा धेरै विसंगति रहेको र यसलाई हटाउन आफ्नो भूमिका रहने बताएका हुन् । वैदेशिक रोजगारी बन्द भन्दा पनि यसलाई सहज सरल बनाउने आफ्नो योजना रहेको बताए । उनले भ्रष्टाचारमा आफू कठोर हुने समेत प्रतिक्रिया दिए ।

आफ्नो मन्त्रालयको काम रोजगार दिलाउने पनि भएको भन्दै सकेसम्म स्वदेशमै रोजगारी दिलाउनेतर्फ पनि ध्यान दिने उनले बताए । ‘वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति सम्पूर्ण हटाएर बाहिर जाँदा पनि गौरव गर्ने वातावरण बनाउन भूमिका खेल्नेछु’ उनले भने, ‘वैदेशिक रोगजारीका शिलशिलामा भ्रष्टाचार हुन दिन्न, तर सकेसम्म स्वदेशमै रोजगारी दिलाउने वातावरण बनाउने पनि मेरो योजना छ ।’

नवनियुक्त मन्त्री यादवले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमलाई सफल बनाउने पनि जानकारी दिए । ‘हाम्रो समाजमा असुरक्षित सामाजिक वातावरणलाई हामीसँग राज्य छ भन्ने आभास दिलाउने काम हुन्छ’ उनले भने, ‘सामाजिक सुरक्षा कार्यक्रममा केहि त्रुुटि भेटिए सच्याउछु ।’

Published on: 22 November 2019 | Onlinekhabar

Link

Back to list

;