s

एन आर एन साउदीद्वारा पीडितलाई ४९ लाख सहयोग

विष्णु घिमिरे 

साउदी अरेबिया : एन आर एन साउदीले कोरोना भाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपालीको उद्धारको लागि  १  लाख ६५  हजार ४  सय ४७ साउदी रियाल सहयोग गरेको छ।

एन आर एन साउदीका अनुसार  कोरोना भाइरस लगायत  विभिन्न कारणले अलपत्र परेका, रोजगार गुमेर स्वदेश फिर्ताका लागि समस्यामा रहेका १ सय ७  जनाका  लागि पि सी आर टेस्टिङ, ८२ जनाको लागि हवाई टिकटको व्यवस्था, ५ सय ३७  जनाको लागि खाद्यान्न व्यवस्थासँगै सयौंको संख्यामा नेपाली श्रमिकहरुलाई पैरवी पहल, कानुनी परामर्श सहित साउदी अरेबियाका विभिन्न शहरहरुमा आउटेज क्यामपिङ एवम् पासपोर्ट सहजीकरणमा सहयोग गरेको छ। पीडित नेपालीको लागि थाइ तथा अस्थाइ रूपमा साउदीका विभिन्न शहरमा  सेल्टर व्यवस्था, पीडित नेपालीको लागि यातायात व्यवस्था समेत गरी हालसम्म १ लाख ६५ हजार ४ सय ४७  साउदी रियाल सहयोग गरेको छ।

एन आर एन साउदीले आइएलओ प्रोजेक्टमा घोटला गरेको खबर हलिउड खबर अनलाइनद्वारा प्रकाशित भएको थियो। यस प्रोजेक्ट घोटला प्रकरणमा साउदीका इन्चार्च मध्यपूर्वका क्षेत्रीय उपसंयोजक (डिआर्सी) जोन अर्याल, आइसीसी सदस्य यस्मीन बेगम सैयद, साउदीका अध्यक्ष तेज थापा, कोषध्य सन्तोष लुइँटेल, लाल मगर, पूर्व क्षेत्रीय उपसंयोजक राजु सैयदले पारिश्रमिक  लिने,  बिना जानकारी ६ जना भोलेण्टर नियुक्ति गरी मासिक ६५० देखि ९००  अमेरिकी डलर तलव लिने लगायत विविध कारणबारे जानकारी गरेलगत्तै एन आर एन साउदीले भर्चुअल भेलासँगै प्रेस विज्ञप्तिद्वारा  खण्डन गरेको छ।

एन आर एन साउदीले गरेका आइएलओ प्रोजेक्ट लगायत विविध गतिविधि प्रति बिना प्रमाण भ्रामक समाचार, कुप्रचार आधारहीन आरोप विभिन्न  संजालबाट आएकोले घोर आपत्ति जनाएको छ। दुस्प्रचार तथा भ्रामक अफवाह फैलाउनेप्रति खेद प्रकट गर्दै  तत्काल छानबिन गरी कारवाही गर्न समेत माग गरेको छ।  साथै संस्थाले गरेका  सामाजिक कार्यदेखि आर्थिक कारोबार बारे बुझ्न संस्थाको  वेवसाइमा अवलोकन गर्न समेत आग्रह गरेको छ । सघंद्वारा यस प्रोजेक्टको लागि हालसम्म ६२ लाख २४ हजार ७ सय ८८ रूपैयाँ  प्राप्त गर्नुको  साथै साउदीमा अलपत्र परेका नेपालीको लागि सहयोग  स्वरुप १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ।  संघको कोषमा ३४ हजार १ सय ९५ साउदी रियल बाकी रहेको जानकारी समेत गरेको छ ।

साउदीमा श्रमिकको हक हितको लागि एन आर एन राम्रो संस्थाका रूपमा परिचालित हुनुको साथै सामाजिक कार्यमा दुतावाससँगै विभिन्न सामाजिक संघ संस्थासँग समन्वय गरी पीडितलाई सहयोग गर्दै आइरहेको छ भने एन आर एन आइ एलो ओ घोटला प्रकरणमामा  एन सी सी युएइका अध्यक्ष र उपाध्यक्ष समेत  निलम्बित भएका छन्।

Published on: 24 February 2021 | Annapurna Post

Link

Back to list

;