s

साउदीबाट १३५ नेपालीले पाए बहिर्गमन : १२ सय १७ स्वदेश फिर्ता

बिष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरेबियामा अवैध रूपमा कार्यरत रहेर नविकरण नगरेका १ सय ३५ जना नेपालीको लागि साउदी सरकारले बहिर्गमन भिसा दिएको छ। भिसा पाएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन्।

दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाका अनुसार बहिगर्मन भिसा फारम भर्नेको संख्या २६ सय भन्दा बढी रहेका छन्। दूतावास रियादले बहिगर्मन भिसा पाउने नेपालीकोनामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ भने बाँकी बहिर्गमन भिसाको लागि आवश्यक कार्य भइरहेको जानकारी समेत गराएको छ।

बहिर्गमन भिसा पाउँनेले भिसा जारी मितिले ६० दिन भित्र साउदी अरेबिया छोडि सक्नुपर्नेछ भने साउदी अरेबियामा कानुनी रूपमा लगभग ३ लाख १५ हजार नेपाली कार्यरत रहेका छन्।

साउदी अरेबियामा कोरोना भाइरसबाट अलपत्र परेका नेपाली हिमाल एयरलाइन्स र नेपाल एरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता हुने क्रम बढ्दो छ हालसम्म १२ सय १७ जना स्वदेश फिर्ता भएका छन् भने कामको सिलसिलामा मृत्यु भएका १८ शव समेत नेपाल पठाइएको छ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै साउदी सरकारले पूर्ण रुपमा कर्फ्यु हटाए पनि संक्रमित संख्या १ लाख ७८ हजार ५ सय ४ पुग्नुको साथै १ लाख २२ हजार १ सय ७८ निको भएका छ। कोरोनाकै कारण १५ सय ४१ जनाको मृत्यु भएको छ।

पछिल्लो पटक नेपाली दूतावासले साउदीमा कार्यरत नेपाली मध्ये कोरोना भाइरसबाट १३ सय ६४ जना संक्रमित हुनुको साथै ७ को मृत्यु भएको जानकारी गराएको थियो।

Published on: 28 June 2020 | Annapurna Post

Link

Back to list

;