s

साउदीमा अलपत्र ८०९ नेपाली उडे, शव उडेन

विष्णु घिमिरे

 

साउदी : कोरोना महामारीका कारण साउदी अरेबियामा अलपत्र परेका नेपाली हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन् । हालसम्म ८०९ जनाले  यात्रा  गरेका छन् । 

नेपाली दूतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजार भन्दा बढीले फारम भरेका छन् भने स्वदेश फिर्ताका लागि दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाले तत्कालका लागि २८७४ जनाको  नामावली सार्वजिनिक गरेको छ  

साथै लामो  समयदेखि दूतावास सेल्टरमा रहेका  ४ जना महिलाले पनि पनि यात्रा गरेका छन् ।  यात्रा गरेका ४ मध्ये २ जना आफ्नै खर्चमा र २ जनाको अमृत पौड्यालको नेतृत्वमा संस्थागत रुपमा हवाई  टिकट  उपलब्ध  भएको थियो । उडानको समय  सहजीकरणका लागि विमानस्थलमा नेपाली  दूतावास परिवारको समेत उपस्थित थियो।

साउदी सरकारले अकामा नविकरणन गरेका ७४  जना  नेपालीका लागि बहिगर्मन भिषा समेत जारी गरेको छ ।  जसका  कारण उनीहरू चाडै  स्वदेश फिर्ता  हुने भएका छन् ।  कामको शिलशिलामा  मृत्यु भएका  १२०  जना  नेपालीको  शव  साउदी छ र जसका लागि दूतावासले सम्बन्धित निकायलाई जानकारी गराए पनि  कोरोनाको समस्याका कारण गर्दा शवहरु यततत्र भएका छन् । 

आफ्नै राष्ट्रको ध्वजावाहक नेपाल एयरलाइन्समा स्वदेश फिर्ता हुन पाए पनि नेपाली केही निराश भए।  कोरोनाको त्रास सँगै अलपत्र परेरका बेला महंगो टिकटको शुल्क  र उडानको समय चाहिने कोरोना टेस्ट रिपोटको लागि करिब ६ हजार नेपाली रुयैयाँ तिर्नुपर्ने बाध्यता उनीहरुलाई थियो। 

आपतमा सरकारले सहयोग नगरेको गुनासो उनीहरुको छ ।  पछिल्लो पटक सरकारले निर्धारण गरेको  साउदीको रियाद रजेद्धा शहरबाट  एकतर्फी हवाई टिकटको मूल्य करिब नेपाली ६८ हजार रुयैयाँ रहेको छ । सरकारले निर्धारण गरेको हवाई टिककको मूल्य नलिन र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सर्वोच्च आदेश आदेश दिए पनि त्यो कार्यान्वयन भएन । 

चर्काे हवाई भाडाका कारण अलपत्र परेका थुप्रै नेपाली स्वदेश फर्कनबाट बञ्चित हुने र विदेशमै ज्यान गुमाउनु पर्ने अवस्था समेत आउने देखिन्छ ।

साउदीअरेबियाले कोरोनाको असर संगै २१ जुन देखी पूर्ण रूपमा  कर्फ्यु  हटाएको छ तर  माक्स अनिबार्य रुपमा लगाउने ,सामाजिक दूरी कायम राख्ने र ५०  जना भन्दा  बढि भीडभाड गर्न नपाइने, जस्ता नियम लागु गरेको छ भने अन्तराष्ट्रिय उडानका लागि सरकारले  कुनै निर्णय लिएको छैन । घर बिदामा गएका कामदार कोरोना महामारी समाप्त नहुन्जेलसम्म साउदी फर्कन नपाउने निर्णय गरेको छ।

Published on: 24 June 2020 | Annapurna Post

Link

Back to list

;