s

श्रममन्त्रीमाथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छु : गृहमन्त्री लामिछाने

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालमाथिको आरोप पुष्टि भए पहिलो कारबाही आफैंबाट सुरु गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले श्रममन्त्री अर्याल संलग्न भएको कुनै म्यानपावर भए आफूलाई जानकारी दिनसमेत आग्रह गरे । सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेजका अन्तर्राष्ट्रिय बजार निर्देशकको हैसियतमा रहेका अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेपछि चौतर्फी आलोचना सुरु भएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्याल मंगलबार श्रममन्त्रीका रुपमा नियुक्त भएका हुन् ।

Published on: 23 January 2023 | Kantipur

Link

Back to list

;