s

८ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो १६५ अर्ब

५ कात्तिक, काठमाडौं । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा ८ प्रतिशतले वद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउन  र  भदौ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ८.१ प्रतिशतले सुधार भएको हो ।

राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

रेमिट्यान्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा जाने लगभग शतप्रतिशत हाराहारीमा नै यस अवधीमा घटेका छन् । केन्द्रय बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

Published on: 21 October 2020 | Onlinekhabar

Link

Back to list

;