s

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने तीन पक्राउ

रोहितराज पराजुली

 

वर्किङ भिसामा अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तुको वाणगंगा नगरपालिका–४ हरिहरपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ भकुन्डे बस्ने २४ वर्षीय विकास भनेर चिनिने बिनोद भुसाल, पोखरा–२ मिरुवा बस्ने ३१ वर्षीय पुकार गुरुङ र पोखरा–१२ रानीपौवा बस्ने ३० वर्षीय प्रकाश गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 

अमेरिका पठाउँछु भनी ठगी गर्ने मनसायले विगत दुई वर्षदेखि पुकार र प्रकाशलगायतले बैंक खातामा विनोद भुसालले पटक–पटक गरी ७४ लाख ९ हजार पाँचसय रुपैयाँ जम्मा गर्न लगाई रकम ठगी गरेको भन्ने जाहेरीको आधारमा उनीहरु पक्राउपरेका हमालले जानकारी दिए । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं र कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई ठगी मुद्दामा कारबाही अगाडि बढाइएको हमालले बताए ।

Published on: 25 July 2021 | Nayapatrika

Link

Back to list

;