s

भारतमा बेचिएका बालकको ५ महिनापछि उद्दार

गोपाल शर्मा

भारतमा बेचिएका दाङका एक बालकको उद्धार गरिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीका १४ वर्षीय विशाल चौधरीको भारतको सिमलाबाट उद्धार गरिएको हो । उद्दार गरिएका विशाललाई मंगलबार परिवारलाई बुझाइएको छ । कञ्चनपुरका पत्रकार जुद्ध चौधरी, दिपेन्द्र बस्नेत र अधिकारकर्मी प्रतिक विष्ट (अमर)को अगुवाइमा उनको उद्दार भएको थियो । उनको वास्तविक कथा सञ्चार माध्यममा सार्वजनिक गरे पनि उनी दुईजना र अधिकारकर्मी प्रतिक विष्टले विशालको भारतमै पुगेर उद्धार गरेका हुन् । पाँच महिना भारतमा बेचिएका चौधरीलाई मंगलबार तुलसीपुर उपमहानगरपालिका, प्रहरी प्रशासनको रोहवरमा परिवारलाई जिम्मा लगाइएको छ ।

दाङ पर्सेनीका काजु चौधरीले विशाललाई गत चैत महिनामा २ महिनाका लागि भारत काम गर्न जाउ भनेर ललाई फकाइ सिमला पुर्‍याएका थिए । सिमला पुर्‍याए वापत उनलाई काम लगाउने साहुले अग्रिम पैसा समेत दिएको र पाँच महिनासम्म काम गर्दा पनि एक रुपैया नपाएको विशालले बताए । बुवाको मुत्यु भएको र आमा अर्कैसँग गएपछि बेसारा बनेका बेला दलालले उनलाई फकाएर भारत लगेर काममा बेचेका हुन् । उनलाई भारतीय कारमा राखेर दाङबाट नै भारतको सिम्ला पुर्‍याएको विशाल चौधरीले बताए ।

त्यहाँ गएर २ दिन महिना काम गरेपछि मात्रै आफू बेचिएको थाहा पाएको र अर्काे साथीलाई त्यो कुरा भनेको उनले बताए । त्यहाँ उनी घरेलु कामदेखि स्याउ टिप्ने र बोक्ने काम गर्ने गरेको बताउँछन् । दाङमा ७ वर्षमा १३ बालबालिका बेचिएको तथ्यांक छ । १३ वटा बेचविखनका मुद्दा जिल्ला अदालतमा नै दर्ता भएका छन् ।

Published on: 18 September 2019 | Annapurna Post

Back to list

;