s

विदेशबाट फर्किएर भैंसीपालन, दैनिक ४५० लिटर दूध उत्पादन

होमराज रानाभाट

गैंडाकोट (नवलपरासी) फागुन १० गते । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं ८ का श्याम आले मगर विदेशबाट फर्किएपछि अहिले भैंसीपालनमा रमाएका छन् ।

पैसा कमाउन विदेशिएका ३२ वर्षीय मगर दश वर्षको विदेश बसाइपछि अहिले जग्गा भाडामा लिएर भैंसीपालन शुरु गरेपछि मनग्ये आम्दानी लिने किसानका रुपमा चर्चा पाएका छन् र अहिले पनि उहाँको दिनचर्या हरेक दिन भैंसीपालनमा भैसीसंगै वित्ने गरेको उहाँको भनाइ छ ।

उमेरले ३२ पुगेका युवा आले मगर बिहान ४ बज्न नपाउदै उठ्नुहुन्छ र राति अबेरसम्म गोठमा खटिनुहुन्छ र उहाँको भैंसीपालन ब्यबसायले प्रगतिको दिशामा अगाडि बढिरहेको देख्दा सबैको मन लोभिने गरेको स्थानीय खडानन्द पौडेलले बताउनुभयो । घरसँगै बनाइएका चार छ गोठभरि ४२ वटा र तिनका रहरलाग्दा पाडापाडी छन् । बिहानै उठने बित्तिकै भैंसीलाई ब्रेक फास्ट (खोले) खुवाउनुहुन्छ आले मगर । झिसमिस उज्यालो हुन नपाउँदै दूध दुहुने मेसिन र हातमा बाल्टी बोकेर भेंसीको छेउमा पुग्ने आले मगरलाई आफनी श्रीमती सुमित्रा आले र दुई जना कर्मचारीले सहयोग गर्ने गरेका आले बताउनुहुन्छ ।

सरकारी अनुदानमा दूध दुहुने मेसिन पनि पाएको छु, कहिले हातैले दुहुन्छु त केही मेसिनले’ आले मगरले भन्नुभयो ,परिवारका दुई जना श्रीमान् श्रीमती अहिले भैंसीपालनमै रमाएका छौं । अहिले दैनिक चार सय ५० लिटर दूध उत्पादन हुने गरेको आले मगर बताउनुहुन्छ ।

कृषक आले मगरले अहिले ४२ वटा त माउ भैंसी पालेर दूध चार सय ५० लिटर बिक्री गरेको बताउनुहुन्छ । गतवर्ष आले मगरले सरकारी अनुदानबाट पाँच लाख प्राप्त गरेको बताउनुभयो ।कतारको दशवर्षे बसाइ छाडेर चार वर्षदेखि भैसीपालनमा रमाएका आले मगर अहिले गैंडाकोटमा यो पेशामा रमाएका मात्रै छैनन् उत्कृष्ट कृषकका रुपमा सम्मानित पनि भएका छन् । विदेशको बसाइ त्यागेर स्वदेशमै भैंसीपालनमा निकै रमाएका उहाँ अहिले वार्षिक १२ लाख खर्च कटाएर मुनाफा कमाउने गरेको बताउनुभयो ।

२०७३ सालमा स्वदेश फर्केर भैंसीपालन शुरु गर्नुभएका आले मगर अहिले भैंसीपालनबाट सम्पन्नतातर्फ अग्रसर छन । श्रुमा गोठमा धेरै भैसी थिएनन् तर अहिले भने भैसी बढाउँदै लगेको र त्यसबाट दूध उत्पादन पनि सोचे जतिको राम्रो भएको आले मगरको भनाइ छ ।

बिकु सहकारीबाट रु चार लाख कर्जा लिएर भैंसीपालन शुरु गरेका आले मगर अहिले भैंसी पालनबाट राम्रो आम्दानी लिन सफल भएका छन् भने भैंसी पालनमा राम्रो आम्दानी लिन सफल भएका स्थानीय हरि सिग्देलले बताउनुभयो । आले मगरले अहिले दुई जनालाई जागिर पनि दिएको बताउनुभयो ।

श्याम आले को भैंसीपालनले अहिले वरिपरि सबैलाई प्ररेणा दिएको छ र यो ब्यबसायप्रति धेरैले अपनाउन थालिसकेकाे उहाँ बताउनुहुन्छ । आले मगरको मिहिनेत देखेर स्थानीय बासिन्दा छक्क पर्ने गरेका गैंडाकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष डिल्ली रिजालले बताउनुभयो ।

Published on: 23 February 2021 | Gorkhapatra

Link

Back to list

;