s

विदेशमा रहेका नेपालीको हितमा काम गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितमा रहेर काम गर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीको बिमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए, अब त्यसलाई पुनः निरन्तरता दिन्छु ।’

उनले भने, ‘यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेछ ।’ यसका लागि व्यवसायीले आफूहरूलाई साथ दिनुपर्ने उनको भनाइ थियो । साधारणसभामा प्रधानमन्त्रीसहित नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्याल, विशिष्ट अतिथि तथा मन्त्रालयका सचिव एकनारायण अर्याललगायतले सम्बोधन गरेका थिए । २१ सदस्यीय संघको कार्यसमितिमध्ये अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी र कार्यसमितिका १० सदस्यका लागि निर्वाचन हुँदै छ ।

Published on: 23 January 2023 | Naya Patrika

Link

Back to list

;