s

कोभिड–१९ बाट विदेशमा थप ४ जनाको निधन

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको छ। 

संयोजक डा. सापकोटाका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ। हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोनामुक्त भएका छन्। विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।

नेपालमा शनिबार साँझसम्म २ लाख ७७ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएकामध्ये ९८ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन्।

Published on: 5 April 2021 | Nagarik

Link

Back to list

;