s

क्रोयसिया जान लागेका २१ नेपाली ५१ हजार युरोसहित पक्राउ

अजवी पौड्याल

काठमाडौं : एउटै म्यानपावर कम्पनीबाट क्रोयसिया जान लागेका २१ तथा एक जना म्यानपावर सञ्चालकसहित २२ जना नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।

उनीहरूको साथबाट ५१ हजारभन्दा बढी युरो पनि बरामद भएको छ।

विमानस्थल सुरक्षा प्रहरीका प्रवक्ता दिपेन्द्र केसीका अनुसार मंगलबार राति १ बजे सुरक्षा चेकजाँचका क्रममा उनीहरूको साथबाट ५१ हजार ३५० युरो रकम बरामद भएको हो।

जनशक्ति इन्टरनेशनल सर्भिस प्रालि बसुन्धुराबाट क्रोयसिया जान भनी हिँडेका २१ जनाको साथमा उक्त रकम भेटिएको थियो।

वर्किङ भिषामा उनीहरू क्रोयसिया जान लागेका थिए। म्यानपावर सञ्चालक पदमबहादुर विक पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरू फ्लाई दुबईको जहाजबाट विदेश जान लागेका थिए। सामान्यतया डलर कारोवार गर्दा बैकिङ सिष्टमबाट गर्नुपर्ने हुन्छ।

उनीहरूले झोलामै युरो बोकेका थिए। पक्राउ परेका उनीहरूले उक्त युरो क्रोयसिया पुगेपछि अन्य व्यक्तिलाई दिन भनेर अह्राएको जानकारी दिएका छन्।

उनीहरूको भिसा भने कानुनअनुसार नै भएको प्रवक्ता केसीले बताए।

Published on: 18 January 2023 | Annapurna Post

Link

Back to list

;