s

मलेसिया गएका झापाका युवक सम्पर्कविहीन

पार्थ मण्डल

झापा : वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसिया गएका झापा कचनकवलका एक युवक सम्पर्कविहीन भएका छन्।

साबिक बालुवाडी गाविस-९ हाल कचनकवल गाउँपालिका-७ निवासी वीरबहादुर थेबेका छोरा सहमान थेबे २० दिनदेखि सम्पर्कविहीन भएका हुन्। थेबे पाँच वर्षअघि मलेसिया गएका थिए।

उनी सेप्टेम्बर १ मा आफ्नो तलब लिएर बेलुकी साढे ९ बजे कोठाबाट निस्किएको परिवारजनले बताएका छन्।

त्यसपछि उनी एकाएक परिवारसँग सम्पर्कविहीन बनेको बताइएको छ। उनका बारेमा मलेसियास्थित नेपाली राजदूतावास र त्यहाँको प्रहरीमा जानकारी गराइएको मलेसियामै रहेका कचनकवलका दिनेश अधिकारीले जानकारी दिए।

तर, प्रहरीले अहिलेसम्म उनलाई फेला पार्न नसकेको उनले जानकारी दिए। यता उनी मलेसियामा बेपत्ता भएपछि उनका परिवारजन र आफन्तजन चिन्तित बनेका छन्।

उनका बुबा वीरबहादुरले छोरीको खोजी गरिदिन सरकारसँग आग्रह गरेका छन्। उनी फेला परेमा नेपालमा ९८१६०९६३९६ र मलेसियामा ०११६११७३९५२२ मा सम्पर्क गरिदिन उनका बुबाले सबैमा अपिल समेत गरेका छन्।

Published on: 21 September 2022 | Annapurna Post

Link

Back to list

;