s

मलेसियाबाट फर्किंदै १२ हजार ७७५ नेपाली (सूचीसहित)

कोरोना महामारीका कारण मलेसियामा समस्या भोगिरहेका साढे १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने भएका छन् ।

लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै बस्न बाध्य १२ हजार ७ सय ७५ नेपालीले स्वदेश फर्किन पाऊँ भन्दै मलेसियास्थित नेपाली दूतावासमा निवेदन दिएका हुन् ।

विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले अहिले चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ ।

कोभिड–१९ क्राइसिस म्यानेटमेन्ट सेन्टर (सिसिएमसी) का अनुसार मंगलबारसम्म मलेसियाबाट मात्रै ४ हजार ७ सय ७८ नेपाली स्वदेश फर्किसकेका छन् ।

तर हवाई भाडा तिर्न सक्ने तथा कार्यरत कम्पनीले टिकट काटिदिने नेपाली मात्र चार्टड उडानबाट घर फर्किरहेका हुन् । तर यो अवस्था नभएका नेपाली फर्किन सकेका छैनन् ।

त्यस्ता श्रमिकलाई पनि निःशुल्क स्वदेश फर्काउने प्रक्रिया सरकारले सुरु गरेको छ ।

मेलेसियाबाट स्वदेश फर्किन दूतावासमा निवेदन दिएका १२ हजार ७ सय ७५ नेपालीको नाम हेर्न यहाँ क्लिक गर्नुहोला ।

Published on: 23 July 2020 | Nagarik

Link

Back to list

;