s

मलेसियाको स्वास्थ्य परीक्षण नि:शुल्क : मलेसियन दूतावास

काठमाडौंस्थित मलेसियन दूतावासले कामदारको स्वास्थ्य परीक्षण नि:शुल्क भएको जनाएको छ । दूतावासले नेपालमा कामदारले भुक्तानी गर्ने शुल्क रोजगारदाताले मलेसिया पुगेपछि पहिलो महिनाको तलबमा फिर्ता गर्ने जनाएको छ ।

नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि सञ्चालन गरेपछि बायोमेडिकल समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण सुरु गरेको छ। दूतावासका अनुसार स्वास्थ्य परीक्षणको शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २८ सय रुपैयाँ र नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट शुल्क ३ सय ६४ रुपैयाँ गरी कुल ७ हजार ६ सय ६४ रुपैयाँ तोकिएको छ। यो शुल्क दुई देशबीचको संयुक्त प्राविधिक समूहले टुंगाएको हो।

मलेसियाले स्वास्थ्य मापदण्ड पुग्ने स्वास्थ्य संस्थालाई बायोमेडिकल प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ। नोभेम्बरको पहिलो साता आउने टोलीले नेपाल सरकारबाट प्रस्तावित ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्ने दुई देशबीच सहमति भएको छ।

Published on: 18 September 2019 | Kantipur

Back to list

;