s

नेपालीलाई कोरिया खुकुलो

सीता शर्मा

काठमाडौँ, चैत २५ गते । दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन)बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नुु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताउनुभयो । दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उहाँले बताउनुुभयो ।

दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युुवा दक्षिण कोरिया जान पाउने उहाँको भनाइ छ ।

दक्षिण कोरिया सरकारअन्तर्गतको मानव संसाधन विभाग (एचआरडी)ले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेको छ । यो विश्वका विभिन्न १६ देशका लागि छुुट्याइएको कोटा हो । एचआरडीले देशअनुुसारको कोटा अहिलेसम्म निर्धारण नगरेपछि नयाँ तयारी गर्नेहरू भने अझै अन्योलमा छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले ईपीएसअन्तर्गत सन् २०२१ का लागि कोरिया सरकारले विदेशी श्रमिकका लागि ५२ हजार कोटा निर्धारण गरेको छ तर देशगत रूपमा कोटा छुुट्याइएको छैन । त्यसले गर्दा भाषा परीक्षा कार्यक्रममा अन्योल कायमै छ ।

शाखाका निर्देशक गौतमले भाषा परीक्षण सञ्चालनका लागि एचआरडीले आन्तरिक तयारी गरिरहेकाले भाषा परीक्षण हुुने निश्चित भए पनि समयबारे भने अझै अनिश्चित रहेको बताउनुुभयो । एचआरडीसँगको कुुराकानीमा परीक्षा हुुने भनिए पनि कहिले गर्ने भन्ने विषय स्पष्ट नपारेकाले आफूहरूले भन्न नसकेको उहाँको भनाइ छ ।

शाखाका अनुसार कोरियाले २०२१ मा नेपालबाट यति नै श्रमिक लैजाने भनेर कोटा छुटाएको छैन । कोरियाले विदेशी श्रमिक लिन ईपीएस कोरियन भाषा सञ्चालन गर्दै आएको छ । नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा सञ्चालन गर्दै आएको छ । कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन । विगतमा कोरिया सरकारले जनवरीदेखि फेब्रुअरीसम्ममा ईपीएस भाषा परीक्षा सञ्चालनका लागि पत्राचार गर्ने गरे पनि सन् २०२१ का लागि जानकारी नआएको शाखाका निर्देशक गौतमले जानकारी दिनुुभयो । नेपालमा कातिकमा परीक्षा फर्म खुलाएर चैतमा परीक्षा लिँदै आएको थियो । यो वर्ष पनि कोरियन भाषा परीक्षाका विषयमा टुङ्गो नलागेको उहाँको भनाइ छ । जसले गर्दा नेपालीको आकर्षण रोजगारी गन्तव्य मानिने दक्षिण कोरियाको रोजगारी अन्योल बन्दै गएको छ ।

सो शाखाका अनुसार ईपीएसमार्फत रोजगारीका लागि गएका ४५ हजार बढी नेपाली युुवा दक्षिण कोरियाको रोजगारीमा छन् भने हाल ४० हजार युुवा हाल कार्यरत रहेको ईपीएस शाखाले जनाएको छ ।

Published on: 7 April 2021 | Gorkhapatra

Link

Back to list

;