s

निषेधाज्ञाको दुई साता : दैनिक ज्यालादारी गरी खानेलाई छाक टार्न मुस्किल

संघीय राजधानी काठमाडौंमा दुईसाता लामो निषेधाज्ञा भएपछि दैनिक ज्याला–मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरू ठूलो समस्यामा परेका छन् । केही दिनका लागि आफूले कमाएको २–४ रुपैयाँले दुई छाकको जोहो गर्दै आएकाहरू निषेधाज्ञा लम्बिँदै गएपछि समस्यामा परेका हुन् । 

यसरी बिहान–साँझ खाना खानसमेत समस्या परेकालाई विभिन्न संघसंस्थाहरूले पिचरोडमा नै राखेर खाना खुवाउन थालेका छन् । कोभिड– १९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाइएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न पार्टी प्यालेसहरूमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटोबाटोमा नै खाना खुवाउने र खानेहरू देखिएका छन् ।

यसैबीच, निषेधाज्ञाको १४औँ दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाइ गरे पनि सडकमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन । अघिल्ला दिनहरूमा जसरी नै सवारीसाधन सञ्चालनमा छन् । सवारी अनुमति नभएका र विनाकाममा हिँड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डिङ सेन्टरमा राखेको छ । कतिपयलाई एक सय रुपैयाँ जरिवाना पनि गरेको छ ।

कोभिड– १९ संक्रमणको जोखिम न्यूनीकरणका उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

Published on: 13 May 2021 | Nayapatrika

Link

Back to list

;