s

साउदीबाट फर्किए १७ हजार नेपाली

विष्णु घिमिरे 

साउदी अरेबिया : साउदी अरेबियाबाट कोरोना भाइरस र अन्य कारणले अलपत्र परेका नेपाली चार्टड उडानबाट हालसम्म १७ हजार २१ जना फिर्ता भएका छन्। साथै ९८ शव पनि फिर्ता भएको छ।

स्वदेश फिर्ताको लागि तयार रहेका नेपालीलाई सहजीकरण गरी दुतावासको सहयोगमा साउदीबाट अक्टोबरको लागि ३४ चार्टड उडानको व्यवस्था गरिएको छ। उडान नेपाल एरलाइन्स र हिमाल एरलाइन्सले गर्नुको साथै नियमित रूपमा ट्रान्जीट माध्यमद्वारा  एयर अरेबिया, फ्लाई दुबई, अल जजीरा, सलाम एरलाइन्सलेसमेत आफ्नो उडान चालु  गरेका छन्। 

हिमालय एरलाइन्सका साउदी अरेबिया प्रतिनिधि (कन्ट्री म्यानेजर) सुवास तिमल्सिनाका अनुसार कोरोना संक्रमणलाई मध्यनजर गर्दैखहिमालयन एरलान्सले १८ जुनदेखि हालसम्म दम्माम शहरबाट ४० र रियाद शहरबाट २ गरी ४२ चार्टर उडान गरेको छ। हिमालयन एरलाइन्सबाट ६  हजार ६ सय ७७ जना स्वदेश फिर्ता  हुनुको साथै  १५ अक्टोबरबाट सबै ट्राभल्सबाट हिमालयन एरलाइन्सको टिकट पाइने व्यवस्था गरेको छ।

हिमालयन एरलाइन्सले साउदीको दमामबाट चार्टर उडान गरी स्वदेश फिर्ताका लागि हाल एकतर्फी हवाई टिकटको मुल्य ४६ हजार ५०० नेपाली रूपैयाँ तोकेको छ। त्यसमा ७  दिने होटल क्वारेन्टाइन खर्चसमेत समावेश गरिएको  छ। उडानको समय कोरोना टेस्टिङ पीसीआर रिपोटको आवश्यकता नरहेको  जानकारी गराएको छ। दुतावासको आग्रहमा एयरलाइन्सले २ जना पीडित  नेपालीलाई चार्डटमार्फत स्वदेश फिर्तामा सहयोग गरेको छ। 

दूतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार  हालसम्म कोरोना भाइरसबाट साउदीमा कार्यरत ८३ नेपालीको मृत्यु भएको छ। दुतावास रियादको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नवीकरण नगरेका १ हजार १ सय ७४ जना नेपालीलाई वहिर्गमन भिषा जारी गरेको छ। कोरोनाको महामारीमा साउदी स्थित नेपाली राजदुताबासमा कार्यरत कर्मचारी बिमलेशकुमार मिश्रले अलपत्र परेका नेपालीलाई चार्टर विमानबाट नेपाल पठाइदिने र भिषा लगाइदिने भन्दै लाखौँ रकम ठगी गरेको  प्रमाणसहित भातृसंगठन प्रवासी नेपाली एकता मंचले दुतावासमा निवेदन दर्ता गरे लगतै दुतावासले  कारर्वाही गरी तत्काल  मिश्रलाई स्वदेश फिर्ता गरेको छ भने संगठनले  मिश्रले लिएको रकम पीडितलाई समेत  फिर्ता गराएको छ।

कोरोना भाइरस र विभिन्न कारणले अलपत्र परेका नेपालीलाई साउदीमा रहेको विभिन्न संघ संस्थाले आर्थिक सहयोग गरेका छन्। स्याङ्गजा सहयोग समाज साउदी अरवले  ७ महिनादेखि साउदीको सफर जेलमा रहेका सल्यानको टिकाराम रोकालाई स्वदेश फिर्ताको लागि  २२ सय ५० साउदी रियल सहयोग गर्नुको साथै अन्तर संस्था समन्वय समिति रियादले ८ महिनादेखि साउदी अरेबियामा  रोजगारी गुमाइ अलपत्र परेका शेरबहादुर कडारालाई  ९ सय र सहयोगी नेपाली एकता परिवारबाट १५ सय साउदी  रियल स्वदेश फिर्ताको लागि सहयोग  गरेको छ।

साउदीमा रहेका विभिन्न मिडिया र संघ संस्थाले पुर्‍याएको योगदानको सम्मान गदै सामाजिक  संस्था 'नेपाली साझा मंचले' डिजिटल सम्मान पत्र प्रदान गरेको छ। कोभिड १९ को महामारीमा साउदी अरेबियामा नेपाली समुदायमाझ जनचेतना फैलाउन खेलेको भूमिका साथै  कोरोना भाइरसबाट  पीडितको र अन्य कारणले अलपत्र परेका नेपालीहरुको सहयोगमा देखाएको भूमिका  र मानवीय सहयोगार्थ कार्यको उच्च मुल्यांकन गर्दै विभिन्न मिडिया र संघ संस्थालाई सम्मान गरिएको छ।

साउदी सरकारले बिना जरिवाना र शुल्कसहित  ३१ अक्टोबर २०२० सम्म  एक्जीट भिषाको म्याद थपिदिएको छ। साउदीमा कोरोना भाइरसबाट हालसम्म ३  लाख  ४३ हजार  ७ सय ९५  जना  संक्रमित भएका छन्। ५  हजार २ सय ५० जनाको मृत्यु भएको छ भने ३ लाख  ३०  हजार १ सय ८१  जना निको भएका छन्। 

Published on: 23 October 2020 | Annapurna Post

Link

Back to list

;