s

साउदीको दुर्घटनामा हात गुमाएका राई स्वदेश फिर्ता

विष्णु घिमिरे

साउदी: साउदीमा भएको दुर्घटनामा हात गुमाएका अरुण राई स्वदेश फर्किएका छन् ।ड्राइभर भिसामा साउदी पुगेका मोरङ बेलबारी-६ का राईको सवारी दुर्घटनामा एक हात गुमेको छ ।

तीन वर्षअघि साउदी पुगेका उनी दुई वर्षअघि दुर्घटनामा परेका थिए । दुर्घटनामा उनीसँगै रहेका सहचालक भारतीय नागरिकको मृत्यु भयो । राईको भने उपचारका क्रममा हात गुमाउनुपरेको थियो ।

दुर्घटनामा परेपछि आफूले कम्पनीबाट सेवा सुविधा नपाएको गुनासो गर्दै रराईले २ वर्षसम्म साउदीमा अलपत्र परेको बताए ।

उनले भने, 'परिवारलाई सुख सुविधा दिने उद्देश्यले साउदी गएको थिएँ । कम्पनी मैले सोचेजस्तो परेन, सम्झौता अनुसारको सेवा सुविधा पनि पाइन।'

काठमाडौंको गोंगबुमा रहेको नारायणी मेनपावरबाट साउदी जाँदा उनले १ लाख २५ हजार तिरेको बताए । दुर्घटनापछि बीमा लगायतको सेवा पनि नपाएको उनको गुनासो छ ।

अलपत्र पर्दा पनि कम्पनीले स्वदेश फर्काउन कुनै पहल नगरेपछि आफूले हार गुहार मागेको बताउँदै अन्नपूर्ण कर्मी विष्णु घिमिरे, नेपाली दूतावासका श्रमसहचारी देवेन्द्र कार्की, टीकाराम उपाध्यायलगायतको सहयोगमा स्वदेश फर्कन पाएको सुनाए । नेपाली रेष्टुरेन्ट लालिगुराँसले खानाको व्यवस्था गरेको र नेपाली समुदायले आर्थिक सहयोग स्वरुप ६ हजार साउदी रियल सहयोग गरेको उनले सुनाए ।

नेपाली दूतावासले उनलाई स्वदेश फर्काउन सफल भएको भन्दै उनले पाउने सेवा सुविधाका विषयमा पनि आवश्यक पहल चाल्ने जनाएको छ ।

Published on: 5 December 2022 | Annapurna Post

Link

Back to list

;