s

श्रम मन्त्रालयद्वारा ३५ मेडिकल संस्था खारेज

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ मेडिकल संस्थालाई धरौटी नबुझाएको भन्दै खारेज गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायले असोज २० गते मन्त्रीस्तरीय बैठकले कानुन बमोजिमको निर्धारित समयभित्र नपुग धरौटी बापतको रकम नबुझाएको र पेश गरेको सफाइ समेत सन्तोषजनक भएको देखिएको भन्दै खारेज गरेको हो ।

स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त गरेको मेडिकल संस्थाले श्रम मन्त्रालयमा धरौटी राखेर सूचीकरण भएपछि मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउनेछ । वैदेशिक रोजगार ऐन संशोधन भएपछि मेडिकल संस्थाले धरौटी बापत ५ लाख रुपैयाँ राख्नुपर्छ । त्यसअघि दुई लाख रुपैयाँ थियो । वैदेशिक रोजगार नियमावली संशोधन भएपछि तीन महिनाभित्र नपुग धरौटी राख्नका लागि मन्त्रालयले सूचना जारी गरेको थियो ।

Published on: 9 October 2020 | Kantipur

Link

Back to list

;