s

कार्यक्रम देश परदेशको ५८८औँ अंक

देश परदेश

कार्यक्रम देश परदेशको अङ्क ५८८  वैदेशिक रोजगारीको क्रममा बन्ने विभिन्न कागजात र यसको महत्वमा केन्द्रित छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेर फर्किएका श्रमिकको साथमा आवश्यक कागजात नहुँदा भएको समस्या र साथमा कागजात नहुने कारणहरुबारे अनुसन्धानकर्ता डा.जीवन बानियाँसँग गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । वैदेशिक रोजगारीको क्रममा के कस्ता कागजात बन्छन् र यस्ता कागजात किन सुरक्षित राख्नुपर्छ त भन्ने विषयमा वैदेशिक रोजगार बोर्डको राष्ट्रिय आप्रवासी स्रोत केन्द्र अधिकृत अञ्जली श्रेष्ठले दिनुभएको जानकारी कार्यक्रममा समावेश छ । अनि, वैदेशिक रोजगारीको क्रममा कागजात साथमा राख्ने सन्दर्भमा तपाईँले उज्यालोको फेसबुक पेजमार्फत राख्नुभएका प्रतिक्रिया र तपाईँको परदेशको अनुभव पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । साथमा छ हप्ताभरिका श्रम तथा रोजगार गतिविधि पनि ।

Published on: 03 October 2023 |Desh Pradesh

Link

Back to list

;