s

अन्तर संस्था समन्वय समिति रियादद्वारा पीडितलाई हवाई टिकट

Year of Publication: 17 July 2020 | Annapurna Post

Published by: CESLAM

विष्णु घिमिरे

साउदी अरेबिया : कोरोना भाइरसबाट अलपत्र परेका नेपालीलाई आवश्यकता अनुसार साउदीमा रहेको अन्तर संस्था समन्वय समिति रियादले ३ हवाई टिकट र एक महिनाको लागि १४ नेपालीलाई खाधान्य सहयोग गरेको छ। लामो समयदेखि दुतावास सेल्टरमा रहेका ३ पीडित महिलाको लागि हवाई टिकट संस्थाको सहयोग कोषबाट प्रदान गरिएको हो। पारिवारिक समाज साउदी अरेबिया र कास्की समाज साउदी अरेबियाले संयुक्त रूपमा १ लाख ६० हजार रकम सहयोग गरेको छ।

नेपाली साझा मंच र युवा सेवा समाजले १४ जना कोरोना महामारीबाट अलपत्र परेका नेपालीलाई १ महिनाको लागि खाधान्य सहयोग गर्नुको साथै स्वदेश फिर्ताको लागि अलपत्र परेकालाई सहयोग समेत गरेको छ। साउदी अरेबियामा च्याउ झै संस्था गठन भएता पनि छोटो समयमा गठन भएको यस संस्थाले साउदीमा कार्यरत सम्पूर्ण नेपालीलाई आवश्यकता अनुसार आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्दै आइरहेको छ। यो संस्थाले दुतावास , भातृसंगठन, एनआरएन साथै विभिन्न संस्थासँग सामाजिक कार्यमा समेत सहकार्य गरेको देखिन्छ।

'हामी एक, हाम्रो सोच एक' भन्ने नारासहित २०१९ सालमा गठन भएको यस संस्थामा पारिवारिक सेवा समाज, सिर्जना साँस्कृतिक समूह, नेपाली साझा मंच, कास्की समाज, युवा समाज, दलित एकता सञ्जाल, याक्थुङ्ग चुम्लुङ्ग साउदी अरब , नेपाली श्रमिक परिवार साउदी अरब, मिथिला साँस्कृत समूह साउदी अरब, साहित्यिक चौतारी नेपाल साउदी अरब, सहयोगी नेपाली एकता समाज साउदी अरब लगायत पिटी अनलाइन, अनटाइम, बागेश्वरी न्युज, लाल इन्टरटेनमेन्ट मिडियासमेतको आवद्धता रहेको छ। संस्थाको नेतृत्व अमृत पौड्यालले गरेका छन्।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भविष्यमा आइपर्ने समस्याका समाधानका लागि संस्थाको तर्फबाट 'कोरोना सहयोग कोष' समेत खडा गरेको छ जसमा हालसम्म ८ हजार २ सय ६४ साउदी रियल संकलन भएको छ।

Published on: 17 July 2020 | Annapurna Post

Link

Back to list

;