s

रियाद विमानस्थलमा २५० नेपाली अलपत्र

Year of Publication: 18 July 2020 | Kantipur

Published by: CESLAM

होम कार्की

काठमाडौँ — साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तराष्ट्रिय विमानस्थलमा २५० जना नेपाली यात्रु अलपत्र परेका छन् । निर्धारित समयमा नेपाल एयरलाइन्सको चार्टर विमान साउदी नगएपछि उनीहरु अलपत्र परेका हुन् ।

उनीहरु स्थानीय समयअनुसार बिहीबार राति ८ बजे नै विमानस्थल पुगेका थिए । स्थानीय समय २:३० बजे उडान तालिका थियो ।

‘हामीलाई उडान आउने वा नआउने नै जानकारी गराइएन । रातभर विमान आउँछ कि भनेर पर्खिबस्यौं । विमानस्थलमा एयरलाइन्सका प्रतिनिधि पनि आएनन्’,यात्रु संगम श्रेष्ठले भने ।

विमानस्थल प्रशासनले नेपाली दूतावासलाई अलपत्र यात्रुलाई विमानस्थलबाट हटाउन अनुरोध गरेको छ । यात्रु नहटाएसम्म नेपाल एयरलाइन्सलाई साउदी आउन अनुमति नदिने भन्दै चेतावनी दिएपछि दूतावासले गाडी खोजेर नेपाली दूतावासमा लैजाने तयारी गरेको छ ।

‘उहाँहरुलाई नेपाली दूतावासमै ल्याएर राख्नेछौं । कुनै पनि होटलले लिन कठिन छ । हामी अप्ठयारो अवस्थामा सम्भव भएसम्म उचित ढंगले व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं,’ राजदूत महेन्द्रसिंह राजपुतले भने ।

दूतावासले विमानस्थल कार्यालयसँग नेपाल एयरलाइन्सलाई साउदी समयअनुसार दिउँसो ३ बजेका लागि उडान अनुमति दिन पत्र पठाएको राजदूत राजपूतले बताए । नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै समयमा उडान भर्न नसकेको जानकारी गराएको राजदूत राजपुतले जानकारी दिए।

Published on: 18 July 2020 | Kantipur

Link

Back to list

;