s

कोरियामा एमआरपी लिने घटे

लिलु डुम्रे
सोल: दक्षिण कोरियामा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) का लागि आवेदन अत्यन्त कम मात्रामा पर्न थालेको छ। 
 
नोभम्बर २४ देखि हस्तलिखित पासपोर्ट अनिवार्य प्रतिस्थापन गर्नु पर्ने हुनाले यहाँस्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी एमआरपी बनाउन आग्रह गर्दै आएको छ।एमआरपीका लागि मासिक २० देखि ३० वटा आवेदन पर्ने गरेको दूतावासले जनाएको छ। 
 
पछिल्लो महिना १३ वटामात्रै एमआरपी बनेको छ । दूतावासले १५÷१५ दिनमा संकलित आवेदन नेपाल पठाउने गरेको छ । गत वर्ष पासपोर्टको चाप बढी हुनाले एमआरपी आउन पाँच देखि छ महिनासम्म लाग्ने गरेकोमा हाल एक महिनामै बन्ने गरेको छ।
 
दुतावासका अनुसार एमआरपीका लागि हालसम्म सात हजार एक सय ५० जनाको आवेदन परेको छ।गत वर्ष दुतावासले एमआरपीका लागि किमे, थेगु, किम्फु, उल्सान, ख्यांग्जु र थेगुमा घुम्तीसेवा सञ्चालन गरी आवेदन संकलन गरेको थियो। 
 
एमआरपी आवेदन संकलनको सुरुको आर्थिक वर्ष ६८÷६९ मा ६६ प्रति एमआरपी बनेकोमा आर्थिक वर्ष ७०÷७१ मा सबैभन्दा बढी तीन हजार चार सय ८१ प्रति एमआरपी बनेको थियो। 
 
गत तीन महिनामा एक सय ५१ प्रति मात्रै एमआरपी पासपोर्ट बनेको दूतावासले जानकारी दिएको छ। करिब दुई सय प्रति एमआरपी राहदानीवाहकले बुझ्न नआएकोले महिनौंदेखि दूतावासमा थन्किरहेको दूतावासकी द्वितीय सचिव प्रथमा उप्रेती बताइन्।
 
करिब ३२ हजार नेपाली रहेका दक्षिण कोरियामा पछिल्लो समय प्रवेश गर्र्नेहरू एमआरपीमार्फ आएका छन्। करिब पाँच सयको संख्यामा एमआरपी बनाउनेहरू बाँकी रहेको अनुमान दूतावासको छ।
 
Published 27 October 2015. Annapurna Post.
 

Back to list

;