s

कामदारको शंकास्पद मृत्यु

हेटौंडा ११ थानाभर्‍याङस्थित एक होटलमा काम गर्ने महिलाको शनिबार राति शंकास्पद मृत्यु भएको छ। सडक छेउमा रहेको हाइवे गेस्ट हाउसमा काम गर्ने ४० वर्षीया सुन्तली पुडासैनीको शव आइतबार बिहान कोठामा फेला परेको थियो। २ वर्षदेखि काम गर्दै आएकी उनी होटलकै कोठामा बस्दै आएकी थिइन्। उनको कान र घाँटीमा घाउ छ। ‘पुडासैनीको मृत्यु शंकास्पद भएकाले अनुसन्धान गरिरहेका छौं,’ प्रहरीले होटलमा बसेका चालकलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको छ ।’ होटलमा २ चालक बसेका थिए।
 
 
Published on: 2 November 2015 | Kantipur
 

Back to list

;