s

एजेन्टबाट ठगी

वैदेशिक रोजगारीका नाममा श्रम विभागबाट स्वीकृति नलिई अवैध रूपमा सञ्चालित म्यानपावर कम्पनीका एजेन्टलाई विश्वास गर्दा ग्रामीण क्षेत्रबाट विदेश जानेहरू बढी ठगिने र विभिन्न समस्यामा पर्ने गरेको पाइएको छ । यहाँ आयोजित कार्यक्रमका सहभागीहरूले विदेश पठाउने भन्दै अवैध रूपमा विभिन्न म्यानपावरका एजेन्ट गाउँगाउँमा छ्यापछ्याप्ती भेटिने गरेको बताए । त्यस्ता एजेन्टको विश्वासमा पर्नाले ठगिने र बेचबिखनको समस्या जटिल बन्दै गएको उनीहरूले औंल्याए ।  

'रोजगारीमा जान चाहेको व्यक्तिलाई त्यस्ता एजेन्टहरूले राम्रो काममा लगाउने र आकर्षक तलब दिने प्रलोभनमा पारेर कसैलाई नबताउन भन्दै विश्वासमा पार्ने गरेको पाइएको छ,' अन्तर्राष्ट्रिय श्रम संगठनकी प्रतिनिधि भारती शर्मा पोखरेलले भनिन्, 'यथार्थ कुरा बाहिर नल्याउँदा थप समस्या पर्ने गरेको छ ।' वैदेशिक रोजगार विभागको गत माघ मसान्तसम्मको तथ्यांकअनुसार बिदेसिएका कामदारको संख्या ३१ लाख ८२ हजार २ सय छ । 

Published on : 06 May 2014 | Kantipur

Back to list

;