s

वैदेशिक रोजगारमा ठगी ,९४ करोड क्षतिपूर्ति दाबी

चालु आर्थिक वर्षको ११ महिनामा एजेन्ट र म्यानपावर कम्पनीले विदेश पठाइदिने भन्दै २३ सय ५ जनालाई ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ। विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार ११ महिनाको अवधीमा व्यक्तिगत र संस्थागत गरेर विभागमा २३ सय ५ जनाले ९३ करोड ५६ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ दाबी गरेका छन्। उजुरीमा सबैभन्दा बढि संस्थागत उजुरी परेपनि व्यक्तिगत उजुरीमा दाबी रकम बढी छ।

व्यक्तिगततर्फ ८ सय ९९ र संस्थागततर्फ १४ सय ६ उजुरी परेपनि संस्थागततर्फ २४ करोड ३१ लाख ९० हजार ३ सय ८३ रकम दाबी गरिएको छ। व्यक्तिगत तर्फ ६९ करोड २४ लाख ६२ हजार ९ सय ५९ रकम दाबी गरिएको छ। एघार महिनाको अवधिमा वैदेशिक रोजगार विभागमा दुई पक्षबीच सहमती भई उजुरी फिर्ता, रकम तिरेको र मिलेको गरेर ४सय १७ जनाले फरफारक गरेका छन्। संस्थागत र व्यक्तिगत गरेर १५ करोड २८ लाख ५५ हजार ३ सय १४ रकम फरफारक गरिएको हो। ११ महिनामा संस्थागतको ५ र व्यक्तिगतको १ सय ७ जना विरुद्ध विभागले अदातलमा मुद्दा दायर गरेको छ। अदालतमा ४१ करोड ५ लाख ५३ हजार ७ सय ३७ बिगो दाबी सहित मुद्दा दायर भएको हो।

विभागका अनुसार चालु आवको जेठ मसान्तसम्म ४ लाख ६६ हजार ५ सय १५ जना नेपाली कामदारले श्रम स्विकृती लिएर विदेशिएका छन्। जेठमा मात्र ५४ हजार ९ सय २६ जना विदेशिएका थिए। विदेशीने मध्ये सबैभन्दा बढि मलेसिया गएका छन्। मलेसियामा मात्र ११ महिनामा १ लाख ८३ हजार ४ सय २३ जना गएका छन्। कतारमा १ लाख १६ हजार २ सय ६५, साउदी अरबमा ७६ हजार ९ सय ४० जना गएका छन्।

Published on: 23 June 2014 | Nagarik

Back to list

;