s

भारतमै अस्ताए बैतडीका विनोद

रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका- ४ चौसालका २० बर्षीय बिनोद बिष्टको भारतमा मृत्यु भएको हो।

शुक्रबार उनी मोटर साईकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा निधन भएको पारिवारले जनाएको छ।

रोजगारीका लागि उनी बिगत ७ महिनादेखि चेन्नईको होटेलमा काम गर्दै आएका थिए। कमाउनका लागि भारत गएकाे छोराको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ।

Published on: 29 April 2024 | Nagarik

Link

Back to list

;