s

दलाली गर्ने १० पक्राउ

वैदेशिक रोजगार विभागमा जाने सेवाग्राहीसँग दलाली गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीनकुनेस्थित विभाग वरपर घुमेर सर्वसाधारणलाई छिटो काम गराइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामा काठमाडौंका अञ्जन मोक्तान, मोरङका रोशन सिवाकोटी, अर्घाखाँचीका दुर्गाप्रसाद पाण्डे, दोलखाका रामकुमार चिमोरिया, मकवानपुरका सन्दीप तामाङ, खोटाङका अशोक देउजा, महोत्तरीका विजय ढुंगेल, सिन्धुपाल्चोकका सञ्जय लामा, कपिलवस्तुका भुवन थापा र सल्यानका मोदनाथ वली छन् ।

Published on: 3 April 2014 | Kantipur

Back to list

;