s

दुबईमा नेपालीको मृत्यु

वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । सुनखानी ७ गुरुङगाउँका ४२ वर्षीय मुरली खड्काको अबुधावीमा बुधबार भएको दुर्घटनामा मृत्यु भएको हो । ६ वर्षदेखि उनी त्यहाँ कार्यरत थिए । तीव्र गतिमा रहेको खड्का सवार गाडीले अगाडि गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा नियन्त्रण नहुँदा विपरीत दिशाबाट आएको लरीमा ठोक्किएर दुर्घटना भएको थियो ।

Published on: 18 October 2014 | Kantipur

Back to list

;