s

कोरियामा फूल व्यवसायबाट मासिक १० लाख कमाउँदै नेपाली

फूल व्यवसायबाट मासिक कति कमाइ होला ? दक्षिण कोरियामा एक नेपालीले भने मासिक १० लाख रुपैयाँ कमाउँदै आएका छन् । मोरङ इटहराका जीवन थापाले ६ वर्षदेखि फूल उत्पादन तथा बिक्री गरेर यति कमाउँदै आएका हुन् ।

उनले ४ करोड रुपैयाँको लगानीमा इल्सान भन्ने ठाउँमा फूल उद्यान स्थापना गरेका छन् । उद्यान राजधानी सोलबाट १ घन्टा रेल यात्रा गरेपछि पुग्न सकिन्छ । त्यहाँ उनले वार्षर्िक ६ लाख ५० हजार रुपैयाँमा १२ हजार वर्ग फिट भाडामा लिएका छन् । त्यसैमा ७ वटा ग्ाि्रन हाउस बनाएर फूल उद्यान सञ्चालन गरेका छन् । गि्रन हाउसभित्र नेपाली गुलाबका साथै विभिन्न जातका फूल बिरुवा रोपिएका छन् ।

थापा कोरियामा फूलको बजार राम्ा्रो रहेको बताउँछन् । सातामा आइतबार, मंगलबार र बिहीबार बिक्री गर्दै आएका उनी भन्छन्, 'जति उत्पादन गरे पनि बजारको अभाव छैन । अहिलेसम्म नबिकेको रेकर्ड छैन ।'

फूलको मूल्य सिजनअनुसार फरक हुने थापाको अनुभव छ । क्रिसमस, सलनाल, छुसकजस्ता चाडपर्वको बेला फूलको मूल्य बढ्छ । जाडो समयमा कम उत्पादन हुने भएकाले फूल महँगो हुने गर्छ । यो सिजनमा एउटा गुच्छाको १ हजार २ सय रुपैयाँसम्म पर्छ । गर्मी समयमा धेरै र सजिलै उत्पादन हुने भएकाले सस्तो हुन्छ । यतिखेर एउटा गुच्छाको ४ सयदेखि ६ सय रुपैयाँसम्म पाउन सकिने थापा सुनाउँछन् । फूल उद्यानमा नियमित काम गर्ने भियतनामी दम्पती छन् । काम बढेका बेला १०/१२ जना कोरियालीलाई काम लगाउँछन् । फूल उत्पादन गर्ने प्रविधि नेपालभन्दा कोरियामा धेरै विकसित रहेको थापा बताउँछन् । एक पटक बेडमा रोपेपछि १० वर्षसम्म उत्पादन लिन सकिन्छ । कोरियाको प्राविधिक अनुभव सुनाउँदै थापाले थपे, 'प्रविधिकै कारण्ाा यहाँ फूल व्यवसाय सहज भएको छ, भिटामिन औषधि दिने, तातोचिसो मिलाउने सबै स्वचालित प्रणाली छ ।'

सानैदेखि व्यवसायमा लागेका थापा बालाजुमा कुखुराको दाना कम्पनी सञ्चालन गर्दागर्दै सन् २००७ मा कोरिया आएका हुन् । बिजिनेस भिसामा आएर सुरुमा आयातनिर्यातको काम गरे पनि यसमा खासै राम्ा्रो आम्दानी नभएकाले फूल व्यवसायमा लागेको बताउँछन् । विद्युत्, पानी र बजार निश्चित भए फूल उत्पादन गर्न कोरियाभन्दा नेपालमा सहज हुने थापाको दाबी छ ।

Published on: 4 February 2015 | Kantipur

Back to list

;