s

कोरियामा नेपाली श्रमिकको तलब लाख नाघ्ने

दक्षिण कोरियामा कार्यरत मजदुरको ज्याला अर्को वर्ष ७.प्रतिशतले वृद्धि हुने भएको छ । ज्याला निर्धारण समितिले न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको हो । यस निर्णयले साना तथा मझौला उद्योगहरूमा काम गर्दै आएका स्वदेशी तथा विदेशी कामदारलाई उत्साहित बनाएको छ । 

समितिको बैठकले तलब वृद्धिसम्बन्धी निर्णय  गरेको हो । बैठकमा मजदुर प्रतिनिधि, सरकारी अधिकारी र रोजगारदाता प्रतिनिधिसहित २७ सदस्य उपस्थित थिए । त्रिपक्षीय बैठकमा समयमै सहमति हुन नसकेपछि मतदान प्रक्रिया अपनाइएको थियो । मतदानमा वृद्धि हुनुपर्ने पक्षमा १८ मत खसेपछि समितिका अध्यक्ष पार्क जोन सङले २०१५ बाट लागू हुने गरी स्वदेशी तथा विदेशी मजदुरको तलब वृद्धि गर्ने घोषणा गरेका थिए ।

निर्णय अगस्ट ५ मा श्रम तथा रोजगार मन्त्रालयले स्वीकृत गर्नेछ । कोरियामा जुन २९ अगावै अर्को वर्षको तलब निर्धारण गर्ने प्रावधान छ । समयमै तलब निर्धारण गरिएको  २००९ पछि यो पहिलो पटक हो । यो वर्षका लागि सरकारले पार्क जोन सङको अध्यक्षतामा न्यूनतम ज्याला निर्धारण समिति गठन गरेको थियो । 

आउँदो जनवरीबाट लागू हुने नयाँ तलबमान अनुसार मजदुरहरूले प्रतिघन्टा ५ हजार ८ सय ८० वन (.५० अमेरिकी डलर) पाउने भएका छन् । उद्योगको प्रकृतिअनुसार हप्तामा ४० घन्टा काम गर्ने मजदुरले महिनामा तलब ११ लाख ६६ हजार २ सय २० वन र हप्तामा ४४ घन्टा काम गर्ने मजदुरले १२ लाख ६१ हजार ८० वन पाउनेछन् । हाल ५ हजार २ सय १० वन पाउँदै आएका छन् । नयाँ नियम लागू भएपछि नेपाली कामदारले प्रतिमहिना न्यूनतम तलब १ लाख ९ रुपैयाँ पाउनेछन् ।

कोरियन मजदुर महासंघ (केसीटीयू), प्रवासी मजदुर युनियन (एमटीयू) लगायतका मजदुर संगठनहरूले बढ्दो महँगीका कारण जीवनयापनमा कठिनाइ भएकाले २६.प्रतिशत (प्रतिघन्टा ६ हजार ७ सय वन) वृद्धि गर्नुपर्ने माग राखेका थिए । प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार ती संगठनहरूले धर्ना र पत्रकार सम्मेलन गरेर माग गरेका थिए । 

कोरियामा २००३ देखि प्रत्येक वर्ष मजदुरहरूको तलब वृद्धि हुँदै आएको छ । अर्को वर्षका लागि  निर्धारण गरिएको ७.प्रतिशत गत वर्षभन्दा .ले कम हो । यो २००३ को तुलनामा दोब्बर भन्दा बढी हो । सरकारले २००९ मा ., २०१०मा २.७५, २०११ मा ५., २०१२ मा ६ र २०१३ मा ६.प्रतिशत वृद्धि गरेको थियो । कोरियाली मजदुर इतिहासमा सबैभन्दा धेरै २००४ मा १३.प्रतिशत तलब वृद्धि भएको थियो । 

परिवर्तित नयाँ तलबमानले कोरियाका विभिन्न उद्योगहरूमा कार्यरत स्वदेशी तथा विदेशी २ करोड ७० लाख न्यूनतम आय भएका मजदुरलाई फाइदा पुग्नेछ । नेपाल सहित एसियाका १५ देशका युवाहरूको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले २२ हजार नेपाली श्रमिकहरू अझ उत्साहित बनेका छन् । कोरिया साना तथा मझौला व्यवसायी संघ (केबीज) ले गरेको सर्भेक्षणमा नेपाली कामदारहरूको कमाइ १४ सय ३७ अमेरिकी डलरभन्दा बढी रहेको छ ।

Published on: 1 July 2014 | Kantipur

 

Back to list

;