s

मलेसियामा रहेको दूतावास फेरि सर्दै

चार महिनाअघि सारिएको मलेसिया स्थित नेपाली दूतावास पुनः स्थानान्तरणको प्रक्रियामा छ। मलेसिया स्थित नेपाली दूतावासले समस्या पहिलेको जस्तै रहेको भन्दै परराष्ट्र मन्त्रालयलाई दूतावास पुनः स्थानान्तरण गर्न आवश्यक भएको जानकारी एक महिनाअघि गराएको हो। १४ औ तलमा रहेको दूतावास साँघुरो र आउन जानसमेत कठिन भयो भनेर सार्न स्वीकृत लिएको भए पनि सार्ने क्रममा त्योभन्दा एक तलामाथि अर्थात् १५ औं तलमा केएल टावरबाट अलिक टाढा अर्को स्थानमा सारिएको हो। उक्त स्थानमा पनि घरवाला कम्पनीले एउटमात्र लिफ्ट उपयोग गर्न दिएको र दिनमा नै ५ देखि ६ सय नेपाली आउने भएपछि बाहिरै देखि लाइन हुने भएकोले झन् समस्या थपिएको हो। 

राजदूत आफ्नो कार्याकाल पूरा गरेर फर्किए पछि लामो समय कार्यबाहक राजदूत स्तरमा नै सञ्चालित उक्त दूतावासमा निरञ्जनमानसिंह बस्न्यात छ महिनाअघि राजदूत भएर गएपछि घर सारिएको भए पनि समस्या जस्ताको तस्तै रहेकेा राजदूतले कान्तिपुरलाई बताए। आउनेवित्तिकै घर सार्न पर्ने भयो तर कम्पाउन्डसहितको घर मलेसियाली सरकारले स्वीकृति नदिएपछि यस्तै व्यापारिक भवनमा नै आउन पर्‍यो जसले गर्दा समस्या झन् बढेको छ। 

'कागजपत्र असुरक्षित छ। घरवालाले भित्र 'पाटेसन' गर्न नदिएको कारण झन् समस्या थपिएको हो। दूतावास सार्नु वा अन्य क्षेत्रमा कार्यलय खोल्नुको विकल्प छैन,' उनले बताए। पहिला हतारमा सारियो र अहिले घरवाला कम्पनीले धेरै नेपाली आए भन्दै दिनहुँ गुनासो गरेका छन् समस्या जस्ताको तस्तै। दूतावास स्थापनादेखि नै १४ औ तलामा रहेकोले सहजताको लागि कम तला भएको वा सकेसम्म आफ्नै कम्पाउन्ड भएको घर खोज्ने भनिए पनि त्यो हुन नसक्दा समस्या झन् बढेको हो। कम तला भएको दूतावास रहँदा नेपालीले भर्‍याङ पनि उपायोग गर्न सक्ने थिए त्यसतर्फ ध्यान दिइएन अहिले यस्तो भयो, उनले भने। 

पहिलेको घरवालाले सम्झौता नवीकरण नगरी घर छोड्न हतार गराएपछि दूतावास अन्तिम समयमा हतार हतार दूतावास सार्न बाध्य भएको उनको तर्क छ हतारको काममा समस्या आउने निश्चित हो भन्दै उनले भने अब सोचविचार गरेर मात्र अघि बढ्नुपर्छ। दिनमा पाच, छ सय नेपाली आउने भएपछि त्यहाको लिफ्ट नै जाम हुने समस्याले गर्दा सार्नुको विकल्प नभएको उनले बताए। मलेसियाको केएल टावर नजिक रहेको दूतावास त्यहाँबाट केही टाढा एक ट्रेन स्टेसनको माथि सारिएको हो। यस्तो समस्या आउँछ भन्ने चार महिनाअघि जानकारी थिएन भन्नेमा राजदूतले भने, 'त्यतिबेला हतार गरियो अहिले भएको सम्झौता पनि घरवालाले नमान्ने अवस्था आएपछि समस्या परेको छ।' सरकारले हरेक वर्ष विभिन्न मुलुकमा दुईवटा दूतावास बनाउने वा खरिद गर्ने भने पनि त्यसमा राजदूत र मन्त्रालयको ध्यान जान सकेको छैन। बजेटमा नै त्यो घोषणा सरकारले गरेको हो तर परराष्ट्र मन्त्रालयको ध्यान किन त्यसमा गएको छैन भन्दै अर्थ मन्त्रालय स्वयंले चासो देखाएको छ। हरेक बर्ष वा महिनामा दूतावास र राजदूत तथा कर्मचारी बस्ने निवास सार्न माग हुने गरेको छ यसबाट के बुझ्ने भन्दै अर्थले चासो देखाएको एक अधिकारीले बताए। 

दूतावासले जोहरबारु र पेनाङमा स्थापनाका लागि माग भएको सानो कार्यालयका लागि अर्थले स्वीकृति नदिई किन यस्तो गरिन्छ भन्दै उल्टै दूतावासलाई सोध्ने भएको एक अधिकारीले बताए। अवैतानिक दूत नियुक्त गर्दै दुई लाखभन्दा बढी नेपाली रहेको पेनाङ र जोहरबारुमा कार्यालय नै राखेर काम गर्न राजदूतले बस्न्यातले सुझाएका छन्। राजदूत बस्नेत भन्छन्,  'राजनीतिक दलका वरिष्ठ नेतालाई पेनाङ र जोहोरबारुमा अवैतानिक दूत नियुक्तिका लागि सरकारसमक्ष पठाएको छु त्यो भएमा त्यहाँ कार्यालय खोल्न समस्या पनि हुँदैन र हाल रहेको दूतावासबाट नै काम अघि बढ्नेछ।' मलेसियाको पुत्राजयमा नेपाल सरकारले किनेको जग्गा पनि छ र त्यहाँ भवन बनाउने प्रक्रिया अघि बढाउन पनि सकिन्छ वा क्वालालम्पुरमा नै पनि भवन किनेर पछि सबै सर्दा त्यहाँ जान सकिने अवस्था रहेको भए पनि अहिलेसम्म त्यसमा कुनै पहल परराष्ट्रले गरेको छैन्। अवैध रहेका तीन सय ७१ नेपालीहरूलाई एक साथ चार्टर 

फ्लाइटमा लिएर स्वंम काठमाडौं आएका राजदूत बस्न्यातले बिहीबार पनि ३ सय ७१ नेपाली विमानस्थलमा आएको बताए । बिहीबार पनि गत साताजस्तै विमान नै चार्टर गरेर अवैध रहेका र जेलमा परेकालाई यात्रा अनुमतिपत्र दिएर न काठमाडौं ल्याएको उनले जनाए । 

Published on: 26 September 2014 | Kantipur

Back to list

;