s

मलेसियामा नारकीय जीवन बिताउँदै

सम्पत्ति कमाउन मलेसिया पुगेका रामेछाप मझुवाका यज्ञबहादुर मानन्धर तीन महिनादेखि नारकीय जीवन बिताउँदै आएका छन् । गएको तीन दिनसम्म खानसमेत नदिई चरम यातना भोग्नुपरेका मानन्धर अब घर र्फकन चाहन्छन् तर उपाय भेटिरहेका छैनन् । मैले नेपाल र्फकन आफन्तलाई फोन गरेको अभियोगमा कम्पनीमा कार्यरत चाइनिज कामदारले मुक्कैमुक्का हानेर कपडा च्यातिदिएको उनले बताए ।

उनीसँग मझुवाकै गणेशबहादुर मानन्धर, कञ्चनपुरका शेरबहादुर चनरो, महोत्तरीका सुरेन्द्रबहादुर महतो र चुलहाइसिं थारू छन् । उनीहरू सबै तीन महिनाअघि काठमाडौं तीनकुनेको डमरु म्यानपावरबाट मलेसिया गएका थिए । उनीहरूलाई काठ उद्योगमा महिनाको १ हजार ४ सय रिंगेट पाउने गरी कम्पनीले १ लाख ५० हजारसम्म लिएको थियो । तर तीन महिनासम्म कठिन काम गरेका उनीहरूले अहिलेसम्म १ हजार ३ सय रिंगेटभन्दा पाएका छैनन् । पीडित मानन्धरका अनुसार तोकिएको कम्पनीले भनेजस्तो काम दिएको छैन । नेपालबाट काठको कामका लागि पुगेका मानन्धरलगायत ५ जनाले कहिले शौचालय सफा गर्नुपरेको छ भने कहिले अन्य कठिन काम गर्नुपर्छ । 'उनीहरूले लगाएको काम नगरे कुट्छन्, उनले भने । मानन्धरले नेपाल र्फकन डमरुमा समेत सम्पर्क गरेको बताए । 'म्यानपावरले फेब्रुअरी २० सम्म नेपाल फर्काउनका लागि पहल गरिदिन्छौं भनेको छ,' उनले टेलिफोनमा भने, खोइ के हुन्छ । हामीहरू तत्काल देश र्फकन चाहन्छौं ।

Published on: 13 February 2015 | Kantipur

Back to list

;