s

मलेसियामा अलपत्र छोरालाई फर्काइदिन बाबुको अपिल

रोजगारीका लागि मलेसिया पुगेका सप्तरीका एक युवक नेपाली म्यानपावर कम्पनीको लापर्बाहीले एक महिनादेखि अलपत्र छन् ।

सम्झौताअनुसारको काम र दाम दुवै नपाएपछि सप्तरीको बनरझुल्ला ६ का ललितनारायण विश्वकर्मा गत ११ भदौदेखि मलेसियामा अलपत्र परेका हुन् । काठमाडौंको गोंगबुस्थित लिंक स्टार म्यानपावर सर्भिसेज प्रालिमार्फत डेढ महिनाअघि उनी मलेसिया पुगेका थिए । तर काम गर्न भनिएको मलेसियास्थित भिक्टोरिया फाइभ स्टार होटल मालिकले सम्झौताअनुसार काम र दाम नदिई राहदानी जफत गर्दै विश्वकर्मालाई बाहिर निकालिदिएको पीडित परिवारले जनाएको छ । गोंगबु प्रहरीले २ असोजमा १ साताभित्र विश्वकर्मालाई नेपाल फर्काउन म्यानपावर प्रमुख कञ्चन लामासँग सहमति गराई दिए पनि हालसम्म उनी फर्किन नसकेको बाबु दीपनारायणले बताए । विश्वकर्माको भिजिट भिसाको म्याद सकिएको २ दिन भइसकेकाले मलेसियाली प्रहरीले पक्राउ गर्न सक्ने सम्भावनासमेत बढेको छ ।

Published on: 26 September 2013 | Kantipur 

Back to list

;