s

मानव बेचबिखन आरोपमा पक्राउ

बत्तीस वर्षिय महिलालाई भारतमा बेच्न लगेको अभियोगमा शिखरपुर ४ का विष्णु दाहाललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । सोही घटनामा संलग्न आरोपमा महांकाल ९ शेराका गोपी लामिछानेको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू दुवैको मिलेमतोमा ०६९ माघमा भारत नयाँदिल्लीमा पुर्‍याएको भन्दै महिलाले किटानी जाहेरी दिएपछि दाहाल पक्राउ परेका हुन् ।

भारतीय प्रहरीको नियन्त्रणमा परेपछि माइती नेपालको मध्यस्थतामा गत साता नेपाल आएकी ती महिलाले राजधानीमा जागिर लगाइदिन्छु भनेर दिल्ली पुर्‍याएको बयान दिएकी छन् । उनीसँगै १२ वषर्ीय छोरालाई पनि लगिएको थियो । प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराका अनुसार दाहाल र लामिछानेले उनलाई माघ १६ गते राति शिखरपुर राखेर बिहान जर्सिङपौवा हुँदै थानकोट कटाएका थिए । सुनौली हुँदै दिल्ली पुर्‍याएपछि उनलाई पहिलो रात तामाङनी र दोस्रो रात ठूली तामाङको घरमा राखिएको थियो । दोस्रो रात उनीमाथि लामिछानेले दुव्र्यवहार गरेपछि उनी भागेर रातभर सडकमा बसेकी थिइन् । कुनै सामाजिक संस्थामा बस्दै आएकी उनी १३ महिनापछि भारतीय प्रहरी र माइती नेपालको सहयोगमा आएकी हुन् । छोरा खोजिदिन आग्रह गर्दै प्रहरीको सम्पर्कमा आएपछि उनी बेचबिखनमा परेको रहस्य खुलेको हो ।

Published on: 28 March 2014 | Kantipur 

Back to list

;