s

नेपालीको उद्धार गर्न भारतलाई आग्रह

दक्षिणपश्चिमी अरबी मुलुक यमनमा भड्किएको गृहयुद्धका कारण त्यहाँबाट आफ्ना नागरिक घर फिर्ता गर्दा नेपाली समेतलाई उद्धार गरिदिन नेपाल सरकारले भारतलाई आग्रह गरेको छ । यमनमा द्वन्द्व चर्केपछि भारत सरकारले त्यहाँ रहेका आफ्ना ४ हजारभन्दा बढी नागरिकलाई घर फिर्ता ल्याउन विशेष उद्धार अभियान अघि बढाइसकेको छ । यमनमा दुइ दर्जनभन्दा बढी नेपाली रहेका जानकारी आएपछि परराष्ट्र मन्त्रालयले भारत सरकारलाई नेपाली उद्धारमा सहयोग गर्न आग्रह गरेको हो । 'भारतीय विदेश मन्त्रालयलाई यमनमा रहेका नेपालीका बारे जानकारी गराइएको छ,' दल्लस्थित कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालले कान्तिपुरसँग भने ।

विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुरले यमनस्थित भारतीय राजदूतलाई फोन गरेर नेपाल सरकारको आफ्ना नागरिक उद्धार आग्रहलाई अवगत गराएको र तत्कालबाट नेपालीलाई उद्धार गरिने जानकारी दिए । भारत सरकारले यमनमा रहेका भारतीयमध्ये बुधबार बिहानसम्ममा ३ सय ५० जनालाई उद्धार गरेर दिल्ली ल्याएको छ भने विदेश राज्यमन्त्री भीके सिंहलाई यमनको जिवोटीसम्म पठाएर उद्धार सक्रियताको उपाय अपनाउने भएको छ ।

Published on: 2 April 2015 | Kantipur

Back to list

;