s

नेपालको जीवन, बर्माको सम्झना

गोपाल गडतौला

“ठ्याक्कै ५१ वर्ष लाग्यो”, यामबहादुर निरौला (६९) ले पुराना दिन सम्झ्एि, “तिहार सकिनासाथ कात्तिकमै हामी मचिना पामटीको घरबाट निस्किएका हौं । त्यो बेला छुटेका कान्छा काका तीर्थसँग त्यसयता देखाभेट छैन ।” 

बस्तुभाउको संख्या पुच्छरले गनिन्थ्यो । हिंड्दाका बखत २५ पुच्छर दुहुना भैंसी थिए । बिहान साइकलमा दूध बेच्न मचिना बजारमा लैजान्थे यामबहादुर । फुर्सदमा दौंतरीहरूसँग ऐरावती नदीमा बाँकटे हान्थे । यामबहादुरका बाबु ऋतुवर्ण निरौला ब्रिटिश–भारतीय सेनाबाट निवृत्त भएर पामटी गाउँका मुखिया भएका थिए । पूर्वी एशियाली मुलुक बर्माबाट बास उखेलिंदा यामबहादुर १८ वर्षे लक्का थिए । “यो फोटो म भन्दा जेठो हो, बुबा ब्रिटिश सेनामा छँदा खिचेको”, मेचीनगरपालिका– १० स्थित घरमा रहेको ऋतुवर्ण निरौलाको तस्वीर देखाउँदै यामबहादुरले भने, “यो फोटो बाहेक मसँग बर्माको सम्झउनी केही छैन ।”

मेची किनारको यो काँकडभिट्टामा २०२२ सालको हिउँँददेखि बसेका बर्मेली टोलका ३८ परिवारमा बर्मा सम्झ्निे बूढापाकाको संख्या निकै घटिसक्यो । दुई वटा अन्तर्राष्ट्रिय सीमा पार गरेर पुख्र्यौली देश आइपुगेका लोकनाथ बन्जारा (७५) अघिल्लो पुस्ताका बर्मेली–नेपालीहरु आफ्नो नाभी गाडिएको भूमि सम्झ्ँदै परलोक भएको बताउँछन् । बर्मेली पहिचान खुल्ने नेपाली नागरिकता पाएको पनि यही पुस्ता हो । ९ भदौ २०६५ मा बन्जाराले झापा जिल्ला प्रशासन कार्यालयबाट पाएको प्रतिलिपि नागरिकतामा जन्मस्थान मोगोक, बर्मा लेखिएको छ । “बर्मामा हामी खातापिता परिवार थियौं, हाम्रो गोठबाट दैनिक घटीमा ५० लीटर दूध फूलबारी बजार पुग्थ्यो”, बन्जारा भन्छन्, “नेपालीबहुल क्षेत्र भएकोले बजारको नाम नै फूलबारी हुनपुगेको मोगोक अहिले उच्च गुणस्तरको रुवी खानी भएकोले ‘रुवील्याण्ड’ कहलाएको छ ।”

पुख्र्यौली थलो पश्चिम नेपालको अर्घाखाँची भएका बन्जाराले जबैं र चन्यु नामका बर्मिज साथीहरूलाई अझ्ै बिर्सन सकेका छैनन् । त्यो बेला भारतीय मूलको रुपलाल धोबी पनि उनको हितको साथी थियो । पारिवारिक आर्थिक मजबूतीमा निष्फिक्री यौवनकाल बिताइरहेका बन्जाराको दैनिकीमा निकै टाढा रंगुनमा चलेको राजनीतिक दाउपेचले अचानक संकटकाल ल्याइदियो ।

जनरल ने विनले १९ फागुन २०१८ मा उनको निर्वाचित सरकार विरुद्ध सैनिक ‘कु’ बाट सत्ता पलट गरेपछि बर्माका शान्त गाउँहरूमा ठूलो राजनीतिक हुन्डरी आयो । घरबार, दोकान, गोठ सबै सरकारीकरण भएको सूचना रेडियोले फुक्यो । जग्गाको किनबेच त पहिलेदेखि नै हुँदैनथ्यो, अब व्यापारीहरू पनि आफ्नै दोकानका कामदार मात्र भए । बन्जारालाई सम्झ्ना भए अनुसार, त्यो बेला बर्माको अर्थतन्त्र चिनियाँ र भारतीय व्यापारीहरूको कब्जामा थियो । ने विनको सैनिक शासन शुरू भएपछि उनीहरूलाई निकै गाह्रो भयो, तर उत्तरी बर्माको कचिन क्षेत्रमा बाहेक नेपालीहरूमाथि धरपकड भएन ।

कचिन विद्रोहीहरूले नेपालीहरूले जंगल र नदी किनारहरूमा राखेका गोठहरूलाई ‘सेल्टर’ बनाउन थालेपछि करीब ७०० परिवार नेपालीलाई सेनाले नियन्त्रणमा लिएर मचिनाको मखान्ती इलाकामा ल्याएको बन्जारा सम्झ्न्छन् । “त्यो बेला बर्माका नेपालीमध्ये उनीहरूको मात्र श्रीसम्पत्ति र घरबार लुटिए बराबर भयो”, बन्जारा भन्छन्, “अरू त सबै हूलमा जीउ जोगाउन हिंडेका हुन् ।” बन्जाराका अनुसार, बर्मेलीहरू नेपालीलाई भगवान बुद्धको देशबाट आएका दाजुभाइ ठान्थे । त्यो बेला सरकारी मुखपत्र केमो ले ‘बुद्धभूमि नेपालका नेपालीले पशुपालन गरेर पोषिलो दूध आपूर्ति गरिरहेका छन्, उनीहरू यहाँ सधैं बस्न सक्छन्’ भन्ने व्यहोराको सूचना छापेको उनी सम्झ्न्छिन् । तर, स्थिति सहज नबन्दा नेपाली समुदायमा आफ्नै देश जानुपर्छ भन्ने भावना बढ्यो ।

नेपालका राजा महेन्द्रबाट बर्माबाट आएकाहरूलाई बासको प्रबन्ध गर्ने हुकुम भएपछि रंगुनस्थित नेपाली राजदूत जीबी याक्थुम्बाले आवश्यक कागजात बनाइदिन थाले । “भएको यही हो”, बन्जारा भन्छन्, “हामी भूटान वा मेघालयबाट झैँ धरपकड, यातना, हत्या, बलात्कार सहँदै आएका शरणार्थी होइनौं ।” त्यो हूलमुलमा बर्मा छोडेका करीब दुई लाख बर्मेलीलाई नेपालका ६ स्थान (झपाको काँकडभिट्टा र सुकुनाढिकी, मोरङको चुनीमारी, चितवनको भरतपुर, नवलपरासीको धनेबा, रूपन्देहीको छपिया र कञ्चनपुरको महेन्द्रनगर) मा राखिएको थियो ।

उनीहरूका धेरै आफन्त बर्मामै बसे । उता छोडिएका चोलानाथ बन्जाडे, नन्दराम न्यौपाने, योगराज न्यौपाने, ओमबहादुर कार्की लगायतका आफ्ना आफन्तहरू त्यहाँ ठूलो प्रतिष्ठासाथ बसेको लोकनाथ बन्जारा बताउँछन् । “उनीहरू बर्मिज राहदानीमा बेलाबेला नेपाल आउँछन्”, बन्जारा भन्छन्, “आएको बेला नेपालका भरसक धेरै बर्मेली टोल पुग्छन् ।” जन्मेहुर्केर २३ वर्षको तन्नेरी हुन्जेल बसेको ठाउँको एकदमै न्यास्रो लागेर २०३६ सालमा बन्जारा आफैं पनि भारत–बर्मा सीमासम्म पुगे, तर आवश्यक कागजातको अभावमा त्यहींबाट फर्कन बाध्य भए । त्यसपछिको ३१ वर्षदेखि काँकडभिट्टामा ‘अर्घाखाँची जनरल स्टोर्स’ नामको हार्डवेयर पसल चलाइरहेका बन्जारा बर्मामा बिताएका दिनहरूको सम्झ्नाले जीवनभरि नछाड्ने बताउँछन् । यही बर्मेली टोलकी उमा उप्रेती (४२) बिंड खुस्किसकेको दूध तताउने बाक्लो सस्पन देखाउँदै भन्छिन्, “ससुराले परलोक हुनुअघि सबभन्दा माया गरेर केही गरेर पनि नमास्नु भन्नुभएको यही भाँडो हो ।”

बर्माको मचिनाबाट आएका उनका ससुरा देवीप्रसाद उप्रेती २०५५ फागुनमा परलोक भए । मचिनामा देवीप्रसादको ठूलो नाम थियो । ठूलो गोठ र खेतबारीका मालिक रहेका उनका नौ जना छोराछोरी थिए । १४ वर्षको उमेरमा परिवारसँगै काँकडभिट्टा आइपुगेकी उनकी छोरी पवित्रा भेटवाल (६५) लाई पनि मचिनाको सम्झ्ना आइरहन्छ । “अन्नले भरिभराउ ढिकुटी अनि दुधालु गाईभैंसीले भरिभराउ गोठ त्यसै छोडेर हिंडेको हाम्रो परिवार रंगुनामा एक महीना बसेर कलकताहुँदै २०२१ चैतमा नेपाल आइपुगेको थियो”, उनी भन्छिन्, “यहाँ आएपछि मेरो पाँच कक्षाको पढाइ पनि रोकियो ।”

Published on: 17 November 2014 | Himal Khabarpatrika

Back to list

;