s

एनआरएनको विश्वसम्मेलन सुरु

गैर आवासीय नेपाली संघ (एनआरएन)को सातौ विश्व सम्मेलन बुधबार यहाँ सुरु भएको छ।
 
सम्मेलनले आउने दुई वर्षका लागि एनआरएनको नेतृत्व चयन गर्नेछ। संघको अध्यक्ष पदमा अहिलेका अध्यक्ष शेष घले, रतन झा र टेकबहादुर कार्कीले उम्मेद्वारी दर्ता गरेका छन्। कार्की अहिले उपाध्यक्ष छन्। झा यसअघि महासचिव थिए।
 
अध्यक्ष पदका उम्मेद्वारबीच ठूला राजनीतिक दलको समर्थन प्राप्त गर्ने दौडधूप छ। यसअघि कांग्रेसको समर्थन प्राप्त गरेका घले यसपालि पनि समर्थनका लागि प्रयासरत छन्। 
 
उनले एमालेका पनि केही नेतालाई भेटेका छन्। तर, एनआरएन नेतृत्वमा कांग्रेसको समर्थनले बलियो बनाउने ठानिएको छ। झापनि एनआरएनको राजनीतिमा कांग्रेस समर्थक मानिन्छ। उनलाई पनि कांग्रेसकै केही नेताले समर्थनको आश्वासन दिएका छन्। 
 
कांग्रेसमा दुईमध्ये एकलाई फिर्ता गराउने प्रयास पनि चलिरहेको छ। कार्कीलाई एमालेको समर्थन रहेको ठानिएको छ।उपाध्यक्षको दुई पदका लागि कुमार पन्त, भवन भट्ट, खगेन्द्र क्षेत्री, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापा र लक्ष्यबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन्। 
 
भट्टले दोहोर्‍याएर उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन्  पन्त महासचिव छन्। महासचिवमा पुष्प थापा, पुष्पराज तिमिल्सिना, रञ्जु थापा, बद्री केसीले उम्मेद्वारी दिएका छन्। 
 
सचिवमा अर्जुन श्रेष्ठ, सुरेन्द्रबहादुर श्रेष्ठ, धरमबहादुर केसी र गणेश केसीले उम्मेद्वारी दिएका छन्। कोषाध्यक्षमा हिक्मतबहादुर थापा, भैरवप्रसाद ढकाल, चिरञ्जिवी थापा, राजेन्द्रकुमार शिवाकोटी, यमकुमार गुरुङले उम्मेद्वारी दिएका छन्। चुनाव बिहीबार हुने छ।
 
Published on: 15 October 2015 | Annapurna Post

Back to list

;